सेती प्रादेशिक अस्पतालमै निःसन्तान उपचार केन्द्र सञ्चालन, साढे ७ हजारमै उपचार सेवा « Khabarhub

सेती प्रादेशिक अस्पतालमै निःसन्तान उपचार केन्द्र सञ्चालन, साढे ७ हजारमै उपचार सेवा


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

धनगढी– सेती प्रादेशिक अस्पतालले निःसन्तान उपचार केन्द्र स्थापना गरेर सेवा सञ्चालनमा ल्याएको छ । सुदूरपश्चिम प्रदेशमै पहिलो पटक सेती प्रादेशिक अस्पतालले सेवा सञ्चालनमा ल्याएको हो । 

निःसन्तान उपचार केन्द्रको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले शुक्रबार उद्घाटन गरेका हुन् । प्रादेशिक अस्पतालले स्थापना गरेको सेवा औपचारिक सञ्चालनमा आएको समेत उनले घोषणा गरेका छन् ।

केन्द्र संघीय र प्रदेश सरकारको सहयोगमा स्थापना गरिएको हो । प्रदेश सरकार र संघिय सरकारको लगानी सहायतामा केन्द्र सञ्चालनमा आएको उद्घाटन गर्दै मेसु डाक्टर पाण्डेले बताए । 

उनले गत वर्ष नै निःसन्तान उपचार केन्द्र सञ्चालन गर्ने तयारी भए पनि केही प्राविधिक समस्याले हुन नसकेको जानकारी दिए । सुदूरपश्चिम प्रदेशमा सेवाको अभावका कारण निःसन्तान दम्पतीहरू उपचारका लागि काठमाडौं तथा भारत जाने गरेका थिए । 

अब उक्त बाध्यता अन्त्य भएको छ । भारत र काठमाडौं गएर महँगो खर्च तिर्नु पर्ने बाध्यता हटेको छ , सहज र सुलभ रूपमा धनगढीमै सेवा लिन सकिने उनले बताए । प्रादेशिक अस्पतालले निःसन्तान भएका दम्पतीलाई साढे ७ हजारको प्याकेजमा उपचार पाउने बताएको छ । 

प्रादेशिक अस्पतालको स्त्री तथा प्रसूति रोग विभाग प्रमुख डाक्टर विशेषज्ञ डाक्टर खगेन्द्र भट्टले निःसन्तानपन सम्बन्धी समस्याका विभिन्न किसिमका उपचार पद्धति रहेको बताउँदै अहिले आधारभूत तहको आईयुआई सेवा सुचारू गरिएको बताए ।

निःसन्तान सम्बन्धी कुनै पनि सेवा उपलब्ध नभएको अवस्थामा सञ्चालन गरिएको आईयुआईबाट निःसन्तान भएका दम्पतीले लाभ लिन सक्नेछन् । उक्त सेवा अन्तरगत पुरुष र महिलाको सामान्य स्तरको प्रजनन सम्बन्धी परीक्षण र परामर्श, पुरुषको वीर्य विश्लेषण तथा तयारी, सस्तो, सुलभ, सहज र गोपनीय रूपमा सेवा प्राप्त गर्न सक्ने अस्पतालले बताएको छ ।

भट्टले यो सेवाको सुरूवात सुदूरपश्चिमकै महत्त्वपूर्ण उपलब्धि भनेका छन् । सेतीमा सुरु भयो, भविष्यमा थप सेवा विस्तार गर्न सकिने उनले बताए । बाँझोपनको समस्या महिला र पुरुष दुवैमा हुने चिकित्सकको भनाई छ । 

विश्वव्यापी रूपमा १० देखि १५ प्रतिशतमा दम्पतीहरू बाँझोपनको समस्याबाट प्रभावित रहेकोमा नेपालमा १३ देखि १५ प्रतिशत दम्पती यो समस्याबाट प्रभावित हुने अनुमान गरिएको छ । सुदूरपश्चिमलाई लक्षित गरी यो सेवा विस्तार गरिएको छ । सेवा सञ्चालनसँगै महँगो खर्च गरेर भारत जानुपर्ने बाध्यता हट्ने छ ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  १ : २१ बजे

पत्रकारलाई सामाजिक सुरक्षा कोष र बीमामा जोड्दै बागमती प्रदेश सरकार

बागमती– बागमती प्रदेश सरकारले प्रदेशभित्रका पत्रकारलाई सामाजिक सुरक्षा कोष र

प्रतिनिधिसभा बैठकमा बजेटबारे सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ ।

धौलागिरिका घुम्ती गोठ सङ्कटमा

म्याग्दी- उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको

विश्वकपमा घानाको रोमान्चक जित: ९५ औँ मिनेट गोलले पानामा पराजित

टोरन्टो – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा

पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना, तराईमा तातो बढ्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल