इजरायली सेनाद्वारा इरानले प्रहार गरेका ड्रोन निस्तेज पार्न शुरु « Khabarhub

इजरायली सेनाद्वारा इरानले प्रहार गरेका ड्रोन निस्तेज पार्न शुरु


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायली सेनाले इरानले प्रहार गरेका चालकरहित हवाइ उपकरण ड्रोन निस्तेज पार्न थालेको छ । इजरायली आक्रमणको बदलामा इरानले एक सयभन्दा धेरै ड्रोन प्रहार गरेको थियो ।

इजरायली रक्षा बलका अनुसार इजरायलबाहिरको आकाशमा ती ड्रोन निस्तेज पार्न थालिएको हो । ‘इजरायली रक्षा बलले इरानबाट प्रहार भएका चालकरहित हवाइ उपकरण इजरायली भूमिबाहिर निस्तेज पार्न थालेको छ ।’ इजरायली सेनाका अधिकारीलाई उद्धृत गर्दै अमेरिकी टेलिभिजन सीएनएनले जनाएको छ ।

शुक्रबार बिहान इजरायलले गरेको आक्रमणमा इरानका वरिष्ठ सैनिक अधिकारी एवम् आणविक वैज्ञानिकको ज्यान गएको थियो । इजरायल र इरानबीच द्वन्द्व बढ्दै जाँदा मध्यपूर्वमा थप हिंसा चर्किने चिन्ता बढेर गएको छ ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  १२ : ४८ बजे

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन