इजरायली आक्रमणपछि इरानी आणविक केन्द्रमा कालो धुवाँको बाक्लो मुस्लो « Khabarhub

इजरायली आक्रमणपछि इरानी आणविक केन्द्रमा कालो धुवाँको बाक्लो मुस्लो


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


993
Shares
  • change font
  • change font
  • change font

काठमडौं– इजरायलले शुक्रबार सबेरै इरानमा आक्रमण गरेको छ । इजरायलले इरानका विभिन्न शहर तथा आणविक केन्द्रलाई लक्षित गरी आक्रमण गरेको हो ।

इजरायलले यस आक्रमणलाई ‘अपरेशन राइजिङ लायन’ नाम दिएको छ । इजरायलले इरानको नटान्ज आणविक केन्द्रमा पनि आक्रमण गरेको छ । इजरायली आक्रमणपछि उक्त आणविक केन्द्रबाट कालो धुवाँको बाक्लो मुस्लो निस्केको देखिएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा नटान्ज आणविक केन्द्रबाट कालो धुवाँको बाक्लो मुस्लो निस्किरहेको देखिन्छ । यद्यपि सो केन्द्रबाट रेडियोधर्मी पदार्थ चुहावट भए नभएको बारे स्पष्ट भइसकेको छैन ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय आईएईएले भने नटान्ज आणविक केन्द्रबाट कुनै किसिमको रेडियोधर्मी पदार्थ चुहावट नभएको बताएको छ ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  १ : ३७ बजे

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन