कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छ : देउवा « Khabarhub

कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छ : देउवा


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्ने बताएका छन् । 

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले मुलुकका सबै तहमा राजनीतिक तहमा सबैको प्रतिनिधित्व सुनिश्चित गर्दै समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्ने बताएका हुन् । 

समावेशी नेतृत्व विकासका लागि पार्टीको घोषणापत्र दस्ताबेजहरूमा अपांगता सवालहरू स्पष्ट उल्लेख गर्नुपर्ने उनले बताए । सभापति देउवाले अबको बाटो संकल्प र कार्यान्वयनको भएकाले कुरामा नभई काममा ध्यान दिनुपर्ने जिकिर गरे ।

उनले समावेशी नेतृत्व विकासका लागि व्यारियर फ्रि लिडरसीप जस्ता कार्यक्रम बिस्तार गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै सभापति देउवाले पार्टी कार्यालयलाई पूर्णरुपमा अपाङ्गमैत्री बनाउने प्रतिबद्धता समेत जनाए ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  २ : १५ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण