कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छ : देउवा « Khabarhub

कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छ : देउवा


३० जेष्ठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्ने बताएका छन् । 

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले मुलुकका सबै तहमा राजनीतिक तहमा सबैको प्रतिनिधित्व सुनिश्चित गर्दै समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्ने बताएका हुन् । 

समावेशी नेतृत्व विकासका लागि पार्टीको घोषणापत्र दस्ताबेजहरूमा अपांगता सवालहरू स्पष्ट उल्लेख गर्नुपर्ने उनले बताए । सभापति देउवाले अबको बाटो संकल्प र कार्यान्वयनको भएकाले कुरामा नभई काममा ध्यान दिनुपर्ने जिकिर गरे ।

उनले समावेशी नेतृत्व विकासका लागि व्यारियर फ्रि लिडरसीप जस्ता कार्यक्रम बिस्तार गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै सभापति देउवाले पार्टी कार्यालयलाई पूर्णरुपमा अपाङ्गमैत्री बनाउने प्रतिबद्धता समेत जनाए ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  २ : १५ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि