अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच समन्वय जरुरी छ : गृहमन्त्री लेखक « Khabarhub

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच समन्वय जरुरी छ : गृहमन्त्री लेखक


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच ठिक ढङ्गको समन्वय हुनुपर्ने बताएका छन्  ।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनमा गृहमन्त्री लेखकले दुई पक्षबीच निरन्तर समन्वय हुन जरुरी रहेको बताए । प्रहरीले सीमित स्रोत र साधनका भरमा धेरै काम गर्नु परिरहेको उनको भनाइ थियो । 

‘सबैभन्दा बढी कामको जिम्मेवारी लिएका सुरक्षा निकायहरू सीमित स्रोत र साधनका भरमा काम गर्नुपरेको छ’, गृहमन्त्री लेखकले भने, ‘सरकारले पर्याप्त ध्यान दिँदै छ, दिन्छ ।’ आगामी आर्थिक वर्ष २०८२/८३ मा तुलनात्मक रूपमा प्रहरीतर्फ बजेट उल्लेखनीय रूपमा वृद्धि भएको उनले जानकारी दिए । 

‘अपराधमा पनि विज्ञानको प्रयोग भइरहेको छ । त्यसो भएकाले हामीले पनि अनुसन्धान र अभियोजनका क्रममा विज्ञानको प्रयोग गर्न जरुरी छ । विज्ञानको प्रयोग भनेको प्रविधिका मार्फत गर्ने हो’, गृहमन्त्री लेखकले भने । विज्ञान र प्रविधिको अधिकतम प्रयोग गरेर अनुसन्धानलाई स्वस्थ, स्वच्छ र भरपर्दो बनाउन जरुरी रहेको उनले बताए। 

‘अभियोजनका क्रममा पनि विज्ञानको प्रविधिको प्रयोग आवश्यक छ । विज्ञानको प्रयोगले मात्रै पुग्दैन । विज्ञानको सही प्रयोग हुन जरुरी छ । प्रविधि र विज्ञानको प्रयोग पनि न्यायलाई सहयोग गर्ने गरेर हुनुपर्छ’, गृहमन्त्री लेखकले भने, ‘ज्ञान र प्रविधिको प्रयोग गर्दा पनि प्रमाण सङ्कलन होसियारका साथ गर्नुपर्ने हुन्छ ।’

फौजदारी न्यायमा अनुसन्धान र अभियोजन महत्त्वपूर्ण आयाम हुने मन्त्री लेखकको भनाइ थियो । ‘फौजदारी न्यायको केन्द्रमा पीडित रहन्छ । पीडितलाई हामीले न्यायको अनुभूति गराउन सक्यौँ की सकेनौँ ? कुनै पनि आपराधिक कार्यबाट आफूलाई पीडित अनुभूति गरेको व्यक्तिलाई न्याय प्राप्त भयो भन्ने कुराको अनुभूति गर्न सक्यौँ की सकेनौ’, उनले भने–’त्यो फौजदारी न्यायको मुख्य उद्देश्य हो । यो क्षेत्रमा अत्यन्त मेहनत र क्रियाशीलताका साथ, अत्यन्त बुद्धि र विवेक प्रयोग गरेर काम गर्न जरुरी छ ।’

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ३ : ०७ बजे

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित