भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन गर्न माग « Khabarhub

भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन गर्न माग


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका सदस्य गङ्गाकुमारी बेलबासेले भिजिट भिसा प्रकरणको अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेकी छन् । 

राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा सांसद बेलबासेले नीतिगत रूपमै हुने भ्रष्टाचारको अन्त्य गर्नका लागि उच्चस्तरीय छानबिन आयोग जरुरी भएको बताइन् ।
 
‘नीतिगत भ्रष्टाचारको अन्त्य गर्न एउटा उच्चस्तरीय छानबिन समिति गठन गरी कर्मचारी प्रशासनलाई चुस्तदुस्त बनाउन जरुरी छ’, सदस्य बेलबासेले भनिन्, ‘अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्छ, दोषीलाई छोड्दिने, निमुखालाई कानुन लगाउने काम गर्नुहुँदै, जोसुकै दोषी भए पनि कानुनी कठघरामा आउँछन् भन्ने अन्तरराष्ट्रिस्तरमा पनि विश्वास दिलाउन जरुरी छ ।’
 
प्रतिपक्षी दलले गृहमन्त्रीको राजीनामा माग गरेको भए पनि अहिले छानबिन समिति यथाशीघ्र बनाएर अघि बढ्न माग गरेको र राष्ट्रियसभा निरन्तर रूपमा चले पनि उक्त विषयमा गम्भीर ध्यानाकर्षण भएको बताइन् ।
 
सांसद बेलबासेले भिजिट भिसा प्रकरणकै कारण केही दिनदेखि प्रतिनिधिसभा अवरुद्ध  भएको र अध्यागमनमा समस्या देखिएपछि कर्मचारी अनुगमनमा तानिएको अवस्थामा अनुसन्धान जरुरी भएको उनको भनाइ थियो ।
 
‘भिजिट भिसामा नेपालीलाई बाहिर लैजाने, अर्को कुनै देश गइसकेपछि दलालमार्फत फेरि अर्को देश लैजाने गरेको देखियो’, उनले भनिन्, ‘ट्राभल एजेन्सीहरू, म्यानपावर एजेन्ट, कर्मचारी मिलेर भ्रष्टाचारमा मिच्छिएको देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनमा तानेपछि प्रतिनिधिसभा अवरुद्ध छ, त्यसका लागि उच्चस्तरी छानबिन समिति गठन जरुरी छ ।’
 
नेपालमा कानुनी राज्य भएको कुरा अन्तरराष्ट्रिय जगतलाई देखाउनका लागि पनि छानबिन समिति जरुरी भएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ३ : १३ बजे

पर्सा राष्ट्रिय निकुञ्जमा ‘वन्यजन्तु उद्धार टोली’ तयार

वीरगञ्ज– पर्सा राष्ट्रिय निकुञ्जले घाइते भएका वन्यजन्तुको तत्कालै उद्धारको लागि

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभीरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग

प्रतिनिधिसभा बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजको कार्टुन : रोलक्रमबाट खसेकी श्रीमान् !

काठमाडौं- संवैधानिक परिषदले वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ललाई पछि पार्दै