मोसादका जासुसले लुकाएर लगेका हतियारले इरानी भूमिबाटै हमला गर्‍यौँ : इजरायली सुरक्षा स्रोत « Khabarhub

मोसादका जासुसले लुकाएर लगेका हतियारले इरानी भूमिबाटै हमला गर्‍यौँ : इजरायली सुरक्षा स्रोत


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरानमा गरेको सैन्य कारवाही अस्वभाविक रुपमा धेरै जटिल र नियोजित रहेको इजरायली अधिकारीहरुले दाबी गरेका छन् । समाचार संस्था एपीका अनुसार आक्रमणअघि इजरायलका लागि काम गर्ने जसुसहरुले ड्रोन र हतियार तस्करी गरेर इरान पुर्‍याएका थिए ।

सुरक्षा अधिकारीलाई उद्धृत गर्दै एपीले जनाएअनुसार इजरायलको मोसाद गुप्तचर संस्थाले ती हतियार र ड्रोन तस्करी गरेर इरान लगेको थियो । एपीले यस कारवाहीबारे इजरायलका दुई सुरक्षा अधिकारीले जानकारी दिएको उल्लेख गरेको छ ।

अधिकारीका अनुसार विष्फोटक ड्रोन प्रहार गर्ने स्थान गोप्य रुपमा इरानी भूमिमै तयार पारिएको थियो । ती ड्रोनहरु प्रयोग गरी शुक्रबार बिहान तेहरान नजिकै रहेको सैन्य केन्द्रमा आक्रमण गरिएको दाबी गरिएको छ ।

इजरायलका लागि काम गर्ने जासुुहरुले लक्षित निशानामा सटिक मार हन्ने हतियार पनि इरानको मध्य भागसम्म पु¥याएको दाबी गरेका छन् । ती सटिक मार हान्ने हतियार जमिनबाट आकाशमा मार हान्ने क्षेप्यास्त्र प्रणाली नजिकै राखिएको ती अधिकारीहरुले जनाएका छन् ।

इजरायलले कतिपय हतियार इरानी भूमिमै रहेका सवारी साधनबाट प्रहार गरेको पनि दाबी गरिएको छ । यसबारे कुनै आधिकारिक विवरण सार्वजनिक भएको छैन । यस्तो दाबीको स्वतन्त्र पुष्टि गर्नु असम्भव रहेको एपीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ३ : १५ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल