मोसादका जासुसले लुकाएर लगेका हतियारले इरानी भूमिबाटै हमला गर्‍यौँ : इजरायली सुरक्षा स्रोत « Khabarhub

मोसादका जासुसले लुकाएर लगेका हतियारले इरानी भूमिबाटै हमला गर्‍यौँ : इजरायली सुरक्षा स्रोत


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरानमा गरेको सैन्य कारवाही अस्वभाविक रुपमा धेरै जटिल र नियोजित रहेको इजरायली अधिकारीहरुले दाबी गरेका छन् । समाचार संस्था एपीका अनुसार आक्रमणअघि इजरायलका लागि काम गर्ने जसुसहरुले ड्रोन र हतियार तस्करी गरेर इरान पुर्‍याएका थिए ।

सुरक्षा अधिकारीलाई उद्धृत गर्दै एपीले जनाएअनुसार इजरायलको मोसाद गुप्तचर संस्थाले ती हतियार र ड्रोन तस्करी गरेर इरान लगेको थियो । एपीले यस कारवाहीबारे इजरायलका दुई सुरक्षा अधिकारीले जानकारी दिएको उल्लेख गरेको छ ।

अधिकारीका अनुसार विष्फोटक ड्रोन प्रहार गर्ने स्थान गोप्य रुपमा इरानी भूमिमै तयार पारिएको थियो । ती ड्रोनहरु प्रयोग गरी शुक्रबार बिहान तेहरान नजिकै रहेको सैन्य केन्द्रमा आक्रमण गरिएको दाबी गरिएको छ ।

इजरायलका लागि काम गर्ने जासुुहरुले लक्षित निशानामा सटिक मार हन्ने हतियार पनि इरानको मध्य भागसम्म पु¥याएको दाबी गरेका छन् । ती सटिक मार हान्ने हतियार जमिनबाट आकाशमा मार हान्ने क्षेप्यास्त्र प्रणाली नजिकै राखिएको ती अधिकारीहरुले जनाएका छन् ।

इजरायलले कतिपय हतियार इरानी भूमिमै रहेका सवारी साधनबाट प्रहार गरेको पनि दाबी गरिएको छ । यसबारे कुनै आधिकारिक विवरण सार्वजनिक भएको छैन । यस्तो दाबीको स्वतन्त्र पुष्टि गर्नु असम्भव रहेको एपीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ३ : १५ बजे

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन