कृषिमन्त्रीको जवाफ- सरकार कृषि आधुनिकीकरणको प्रयासमा जुटिरहेको छ « Khabarhub

कृषिमन्त्रीको जवाफ- सरकार कृषि आधुनिकीकरणको प्रयासमा जुटिरहेको छ


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको आधुनिकीकरण गर्न सरकारले प्रयास गरिरहेको बताएका छन् । 

राष्ट्रियसभाको आजको बैठकमा सांसद जगप्रसाद शर्माले सोधेको मौखिक प्रश्नको जवाफ दिँदै उनले कृषिको आधुनिकीकरणका लागि विभिन्न रणनीति अवलम्बन गरिएको बताए ।
 
कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न आवश्यक प्रविधि तथा उत्पादन सामग्रीको व्यवस्था, बाली र वस्तु उत्पादनमा यान्त्रीकरण, प्रशोधन तथा बजारीकरणका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गरिएको उनको भनाइ थियो । 
 
‘भूमिको वैज्ञानिक प्रयोग, आधुनिक कृषि प्रविधिको उपयोग, कृषिमा यान्त्रिकीकरण, कृषिजन्य उत्पादनको प्रशोधन तथा बजारीकरण, पूर्वाधारको विकास, प्रतिफलमा आधारित प्रोत्साहन प्रणालीको अवलम्बनलगायत कृषि प्रणाली रणनीतिको अवलम्बन गरिएको छ’, उनले भने ।
 
मन्त्री अधिकारीले कृषि क्षेत्रलाई विज्ञानसँग जोडेर आधुनिक, प्रविधिमैत्री एवं समयसापेक्ष बनाउन विभिन्न सफ्टवेरमार्फत काम भइरहेको स्पष्ट पारे ।

उनले भने, ‘मल वितरणलाई प्रभावकारी तथा पारदर्शी बनाउन रियल टाइम सफ्टवेयर, बीउबिजन उत्पादन तथा आपूर्ति व्यवस्था पारदर्शी एवं एकद्वार बनाउन विद्युतीय बीउबीजन व्यवस्थापन प्रणालीलगायत विभिन्न उपकरणमार्फत सेवा प्रवाहमा सहजीकरण गरिएको छ ।’

यसैबीच, बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको कार्यान्वयनको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ सभामा पेस गरे ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ४ : ४३ बजे

केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजको कार्टुन : रोलक्रमबाट खसेकी श्रीमान् !

काठमाडौं- संवैधानिक परिषदले वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ललाई पछि पार्दै

अनि एकल लिडमा आँट गरेकी आँचल…

काठमाडौं- नायिका आँचल शर्मा अहिलेका सबैभन्दा बढी फिल्म दिने नायक

सरकारको नीतिमा आचार्यको टिप्पणी: ‘बीआरटीले ट्राफिक समस्या झन् जटिल बनाउन सक्छ’

काठमाडौँ – पूर्वाधारविद् सूर्यराज आचार्यले सरकारको नीति तथा कार्यक्रममा समेटिएका

बेलायती प्रधानमन्त्री स्टाररमाथि राजीनामाको दबाब

लन्डन – बेलायती प्रधानमन्त्री किर स्टार्मरमाथि राजीनामा दिन दबाब बढेको