राष्ट्रियसभाबाट संवैधानिक परिषद् विधेयक पारित « Khabarhub

राष्ट्रियसभाबाट संवैधानिक परिषद् विधेयक पारित


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ । 

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट  कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । 

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले सरकारले गरेको कामको अनुभूतिको आधारमा संवैधानिक परिषद्सम्बन्धी विधेयक ल्याउनु परेको बताए  । 

सो विधेयकमाथिको छलफलमा सांसद गोपाल भट्टराई, भुवनबहादुर सुनार, कृष्णबहादुर रोकाय, विष्णुबहादुर विश्वकर्मा र सुरेशकुमार आले मगरले भाग लिएका थिए । 

राष्ट्रियसभाको अर्को बैठक अगामी असार ५ गते दिउँसो १ बजे र १५ मिनेटमा बस्ने भएको छ । 

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ४ : ५१ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल