माओवादीले संसद्‍मा भन्यो- सरकारले भ्रष्टाचारको छानबिन गर्ने विश्वासमा संसद् खोलेका छौँ « Khabarhub

माओवादीले संसद्‍मा भन्यो- सरकारले भ्रष्टाचारको छानबिन गर्ने विश्वासमा संसद् खोलेका छौँ


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भिजिट भिसा सेटिङसहितका भ्रष्टाचार प्रकरणमा सरकारले छानबिन गर्ने विश्वाससहित संसद् खोलेको बताएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा संसद् सुरू प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोधका बीच आफ्नो भनाइ राख्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले यसो भनेका हुन् ।

‘हामीले भिजिट भिसासहितका प्रकरणलाई लिएर दुई सातादेखि संसद्मा अवरोध गरेका थियौँ’, उनले भने, ‘तर हामीले यसबीचमा गरेको संवादपछि सरकारले यी प्रकरणसहितका भ्रष्टाचारको छानबिन गर्ने विश्वास पाएका छौँ । सरकारले छानबिन गर्ने भएकाले अब हामी जनजीविकाका सवाल उठाउन संसद् खुलाउने निर्णयमा पुगेका छौँ ।’

उनले बोल्दै गर्दा विपक्षी रास्वपा र राप्रपाले टेबल बजाउँदै उठेर विरोध गरिरहेका थिए । माओवादीले शुक्रबार सत्तारुढ दलसँग दुई बुँदे सहमति गर्दै आफ्नो आन्दोलन टुंग्याएको छ। तर उक्त सहमतिमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समित दुवै समावेश छैनन् ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ५ : १३ बजे

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको