माओवादीका हितराजको माग- भिसा प्रकरणमा समिति बनाउनुपर्छ « Khabarhub

माओवादीका हितराजको माग- भिसा प्रकरणमा समिति बनाउनुपर्छ


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणको अध्ययनका लागि समिति बनाउन माग गरेको छ । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुखले प्रदान गरेको समयमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अध्ययन समिति गठनको माग गरेका हुन् । 

‘अहिलेको विषय अध्यागमनसँग मात्रै सम्बन्धित होइन, भिजिट भिसामा देखिएका, देखिन सक्ने समग्र समस्याहरूको निराकरण हामीले गर्नुपर्ने छ । त्यसका लागि नीतिगत, कानुनी, संरचनागत लगायत कहाँ–कहाँ, कसरी–कसरी सुधार गर्न सकिन्छ तिनको गहिरो अध्ययन र छानबिन गरी बदमासी गर्नेलाई उचित कारबाही र अब आइन्दाको लागि सुझाव दिने गरी अध्ययनको लागि छानबिन समिति–अध्ययन समिति बनाउन हामी जोडदार माग गर्दैछौँ,’ उनले भने ।    

पाण्डे बोलिरहँदा प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू उभिएर टेबल ठोकिरहेका थिए ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ५ : १५ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण