इरान र इजरायलबीच जारी तनावबारे नेपाल सरकारको आधिकारिक धारणा सार्वजनिक « Khabarhub

इरान र इजरायलबीच जारी तनावबारे नेपाल सरकारको आधिकारिक धारणा सार्वजनिक


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरान र इजरायलबीच जारी तनावबारे नेपाल सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार बेलुकी विज्ञप्ति जारी गर्दै पछिल्लो समय इजरायल र इरानबीच विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालले अवस्थालाई नजिकबाट हेरिरहेको पनि उल्लेख गरेको छ । दुबै पक्षलाई तनाव नबढाउन आग्रह गर्दै सरकारले त्यस क्षेत्र र अन्यत्र शान्ति तथा स्थीरताका लागि संयमता अपनाउन आग्रह गरेको छ । तनाव कम गर्न कूटनीतिक माध्यम र वार्ताको प्रयोग महत्वपूर्ण हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दोहा र तेल अभिभमा रहेका नियोग इरान र इजरायलमा रहेका नेपाली समुदायसँग सम्पर्कमा रहेको सरकारले जनाएको छ । सरकारले दुबै मुलुकमा रहेका नेपाली नागरिकलाई अवस्थाबारे सावधानी अपनाउन र आवश्यक चेतावनी र स्थानीय निर्देशिका पालना गर्न पनि आह्वान गरेको छ ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ५ : ४७ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल