गृहमन्त्रीको तर्क- म न्यूनतम् नैतिक आचरणमा बस्ने मान्छे हो, भिजिट भिसा प्रकरण समाचार पढेर थाहा पाएँ « Khabarhub

गृहमन्त्रीको तर्क- म न्यूनतम् नैतिक आचरणमा बस्ने मान्छे हो, भिजिट भिसा प्रकरण समाचार पढेर थाहा पाएँ


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नोविरुद्ध नियोजित ढंगले गलत प्रचारबाजी भएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा आफ्नोबारे उठेका प्रश्नको जवाफ दिने क्रममा उनले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा भइरहेको भिजिट भिसा प्रकरण आफूले मिडियाबाट थाहा पाएको बताए ।

आफ्नोविरुद्ध षड्यन्त्र भइरहेको बताउँदै उनले राजनीतिक रुपमा आक्रमण गर्ने प्रयास पनि गरिएको जिकिर गरे ।

संविधानबाट अधिकार प्राप्त संवैधानिक निकायले गरिरहेको भ्रष्टाचारको छानबिनमा सरकारले जवाफ दिनु आवश्यक नरहेको उनले बताए ।

‘त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका सहसचिव तीर्थराज भट्टराईलाई भिजिट भिसासम्बन्धी विषयमा सोधपुछका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट बोलाइएको भन्ने विषय मैले सञ्चार माध्यमबाटै थाहा पाएको हुँ’, उनले भने, ‘अख्तियारले अनुसन्धान थालेको विषयमा मेरो संलग्नता छ भनी गरिएको प्रचारमा सत्यता छैन । उक्त कार्यमा मेरो संलग्नता छैन र हुन सक्दैन ।’

अख्तियारबाट हुने भ्रष्टाचारविरोधी कारबाहीमा आफूले खुला हृदयले स्वागत गर्ने उनले बताएका छन् । संवैधानिक निकाय अख्तियारले गर्ने काम कारबाहीमा कतैबाट पनि प्रभावित पार्न नहुने उनले बताए ।

आफू न्यूनतम् नैतिक आचरणमा बस्ने व्यक्ति भएको कुरा सबैलाई थाहा रहेको उनले बताए । लेखकले अख्तियारबाट हुने काम कारबाहीमा आफ्नो पूर्ण सहयोग र समर्थन रहने पनि बताए ।

‘आयोगमा भइरहेको अनुसन्धानको बारेमा मलाई कुनै जानकारी हुँदैन र छैन’, उनले भने, ‘अनुसन्धानमा आयोगले कुनै समय माग गरेको अवस्थामा मन्त्रालय र मातहतको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउँछु ।’

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ६ : ०२ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र