पुँजीको पहुँच र उद्यमीको विकासमा राष्ट्र बैंकले सहजीकरण गर्छ : गभर्नर पौडेल « Khabarhub

पुँजीको पहुँच र उद्यमीको विकासमा राष्ट्र बैंकले सहजीकरण गर्छ : गभर्नर पौडेल


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पाटन– नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले पुँजीको पहुँच र उद्यमीहरूको विकासमा राष्ट्र बैंकले सहजीकरण गर्ने बताएका छन् ।

आइएमई लिमिटेडद्वारा ललितपुरमा आयोजित २५ औँ वार्षिकोत्सव समारोहमा गभर्नर पौडेलले हुण्डीबाट कारोबार भएर मानिसले पैसा नपाउने अवस्थामा आइएमई लिमिटेडले महत्त्वपूर्ण काम गरेको बताए ।

‘आइएमईको यो योगदान धेरै ठूलो योगदान हो, देशका लागि धेरै ठूलो चुनौती लिएर काम गर्न सक्ने, रोजगारी र व्यावसायिक सम्भावना खोज्ने खालका व्यक्तिहरू आवश्यक छ,’ उनले भने ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले विदेशमा भएको कमाई औपचारिक माध्यमबाट नेपालमा ल्याउन आइएमई सफल भएको भन्दै आगामी दिनहरूमा राष्ट्र बैंकले जारी गर्ने नीति नियम तथा निर्देशन पालना गर्न सक्षम हुने विश्वास व्यक्त गरे ।

आइएमई ग्रुपका संस्थापक अध्यक्ष एवं उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले विश्वास नै नभएको अवस्थामा विदेशी रेमिटेन्स स्वदेश ल्याउन सफल भएको बताए । 
उनले इमानदारीपूर्वक लागेर काम गर्दा असम्भव काम पनि सम्भव हुन पुगेको उल्लेख गर्दै सरकारको प्राथमिकता, आम नागरिकको आवश्यकता र व्यावसायिक उद्यमीलाई आइएमईले महत्त्व दिएर काम गर्ने बताए । 

आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले सन् १९९४ देखि १९९८ सम्म जापानमा बस्दा नेपालमा पैसा पठाउन भोगेको समस्याले गर्दा आइएमई अभियानको सुरुआत भएको बताए । 

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले २५ वर्ष अगाडिको जटिल परिस्थितिमा देशको आवश्यकतालाई बुझेर रेमिटेन्स सेवा सुरु गरेको बताउँदै नागरिकको गुणस्तरीय जीवनमा समेत योगदान पुर्‍याएको बताए ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ६ : ३१ बजे

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक

२० दललाई भाग मिलाउँदा मैदानभरी नअट्ने बन्यो, नेताहरू भन्छन् : बहुमत ल्याउने हाम्रै दलले हो

काठमाडौं– विभिन्न २० घटक मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले