मुस्ताङका किसानलाई कृषि उपकरण हस्तान्तरण « Khabarhub

मुस्ताङका किसानलाई कृषि उपकरण हस्तान्तरण


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– मुस्ताङका किसानलाई अनुदान सहुलियतमा कृषि यान्त्रिक उपकरण वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्याउ र आलु जोन कार्यक्रमअन्तर्गत यहाँका किसानलाई १६ थरीका कृषि यान्त्रिक उपकरण ५० प्रतिशत अनुदानमा वितरण गरेको हो ।

परियोजनाअन्तर्गत च्याङ्ग्रा जोन, आलु जोन र स्याउ जोन कार्यान्वयनमा छन् । जोनको वार्षिक स्वीकृत कार्यक्रमअनुसार परियोजन कार्यान्वयन एकाइ मुस्ताङले घरपझोङ, थासाङ, वारागुङ मुक्तिक्षेत्र र लोमान्थाङ गाउँपालिकाका किसानलाई मागका आधारमा ५० प्रतिशत अनुदान दिने गरी कृषि यान्त्रिक उपकरण वितरण गरिएको परियोजना कार्यान्वयन एकाइ मुस्ताङका कार्यालय प्रमुख भरतराज गौतमले जानकारी दिए ।

उनका अनुसार चालु वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुरुप आज मुस्ताङका किसानलाई कृषि यान्त्रिक उपकरण वितरण गरिएको छ ।

परियोजनाले स्याउ जोनतर्फ १५ लाख र आलु जोनतर्फ १८ लाख ३५ हजार बजेटमा रहेर पाँच वटै स्थानीय तहलाई समेट्ने गरी यान्त्रिक उपकरण हस्तान्तरण गरेको कार्यालय प्रमुख गौतमले जानकारी दिए । परियोजनाले २६ थान डिजेलबाट चल्ने र नौ थान पेट्रोलबाट चल्ने गरी कूल ३५ थान यान्त्रिक उपकरण हलो अनुदान सहुलियतमा वितरण गरेको छ ।

यसैगरी स्याउ र आलु जोन कार्यक्रमअन्तर्गत परियोजनाले घाँस काट्ने ब्रसकटर १९ थान, सिकेचर १८ थान, करौँती १४ थान, डिजिटल तराजु ३६ थान, मोटर स्प्रे २१ थान, पावर स्प्रे २९ थान, रिप्याक्टोमिटर १ थान, ब्रस कटर १९ थान, भर्‍याङ सात थान, कुटो २९, कोदाली ८३ थान, गैँची दुई थान, बाउसो २४ थान डोजे २१ थान, बेल्चा पाँच थान पोर्टेबल लिड स्प्रे चार थान गरी ३१३ थान विभिन्न उपकरण अनुदान सहुलियतमा वितरण गरेको हो ।

परियोजनाले यान्त्रिक उपकरणबाहेक किसानलाई मागका आधारमा ८५ प्रतिशतसम्म अन्य किसिमका अनुदान सहयोग गर्दै आएको छ । मुस्ताङका किसान छिरिङ गोम्बो गुरुङले कृषि क्षेत्रको समुन्नत विकासमा यसप्रकारको यान्त्रिक उपकरण अनुदानले ठूलो टेवा पुर्‍याउने गरेको बताए । 

मुस्ताङमा स्याउलगायत विभिन्न शीतोष्ण फलफूलका साथै उवा, फापर, जौ, आलु, मैक र विभिन्न जातका तरकारीहरू उत्पादन हुन्छ । यहाँको परम्परागत कृषि प्रणाली बढी मात्रामा झन्झटिलो र लागत खर्च बढी हुने भएकाले पछिल्लो समय कृषि व्यवसायलाई थप परिष्कृत बनाएर लैजान समस्या देखिएको छ । जनशक्ति र खेत जोत्ने गोरु झोपा पाल्न छोडेपछि कृषि प्रणालीमा चुनौती थपिएको हो ।

पछिल्लो समय मुस्ताङका किसानलाई कृषिसँग सम्बन्धी सरकारी कार्यालय तथा स्थानीय तहले वर्सेनि अनुदान सहुलियतमा यान्त्रिक उपकरण हलोलगायत उपकरण वितरण गर्न थाले कृषकलाई निकै ठूलो सहयोग पुगेको घरपझोङ गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिए ।  यान्त्रिक उपकरणले थोरै जनशक्तिबाट काम गर्न सकिने, समयको बचत, कृषि कामकाजमा सहजता र आर्थिक बचतमा सहयोग पुग्ने कृषि शाखा अधिकृत थकालीको भनाइ छ । रासस
 

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ६ : ३४ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल