पत्रकारको सुरक्षा उसको सीप र दक्षता मात्र हो : विपुल पोख्रेल « Khabarhub

पत्रकारको सुरक्षा उसको सीप र दक्षता मात्र हो : विपुल पोख्रेल


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

बुटवल– नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले पत्रकारहरूको सुरक्षा स्वयं आफ्नो सीप र दक्षता मात्र रहेको बताएका छन् । 

‘हाम्रो लामो अनुभवले भन्छ कि सरकार, प्रशासन, कानुन कुनै पनि कुराहरू पत्रकारको सुरक्षाका लागि सहयोगी भएनन्’ पोख्रेलले भने, ‘हामी आफै आफ्नो मर्यादामा रहने, सीप प्रदर्शन गर्ने र अरूले प्रश्न उठाउने ठाउँ नदिने कुरा मात्र हाम्रो सुरक्षाको हतियार हो ।’ 

हाल पत्रकारिता क्षेत्रमाथी विभिन्न निकाय, शक्ति केन्द्र, नेतृत्वले प्रहार गरिरहेको सन्दर्भलाई लक्षित गर्दै पोख्रेलले चिन्ता व्यक्त गरे । ‘को रहेछ त हाम्रा लागि ?’ यो प्रश्न गर्दै उनले भने, ‘हामीबीचको एकता, हाम्रो मर्यादाप्रतिको सजगता तथा सामाजिक उत्तरदायित्वप्रतिको संकल्प नै हामीलाई अगाडी बढाउन प्रेरित गर्ने कुराहरू रहेछन् ।’
 
नेपाल प्रेस युनियन रुपन्देहीले आयोजना गरेको विकास पत्रकारिता तालिमको समापन समारोहलाई सम्बोधन गर्दै पोख्रेलले जस्तोसुकै परिस्थितिमा पनि आफ्नो दायित्वबाट च्यूत नहुन पत्रकारहरूलाई अपिल समेत गरे । 

‘हामीमाथि प्रहारका शृङ्खला निरन्तर छन्, तर पनि हामी दायित्वबाट भाग्न हुँदैन’ पोख्रेलले भने, ‘निर्भीक पत्रकारिता मार्फत सत्यको अन्वेषण गर्ने दक्षताले नै समाज रूपान्तरणमा योगदान पुग्छ ।’ समाजलाई पारदर्शी र जबाफदेही बनाउने अभियानले नै प्रेसप्रति आक्रमण गर्नेहरूलाई निरुत्साहित गर्ने उनको तर्क थियो । 

समाजमा गलत तथ्यांक प्रस्तुत गर्दै गलत भाष्य निर्माण गर्ने प्रवृत्ति बढिरहेको प्रति पत्रकारिता क्षेत्र गम्भिर हुनुपर्नेमा पोख्रेलको जोड थियो । ‘केही पनि भएको छैन’ भन्ने भाष्यलाई तथ्य तथ्यांकको अनुसन्धान गरी यथार्थको चित्रणमार्फत निरुत्साहित गर्न सकिने उनको तर्क थियो । 

‘केही पनि भएको छैन भन्ने भाष्यको आधारमा सम्भावना र उपलब्धिमाथि नजरअन्दाज गर्ने काम भइरहेको छ’ उनले भने, ‘यस्ता भाष्यलाई गलत साबित गर्दै नयाँ आशा र उत्साहको वातावरण सिर्जना गर्ने सामर्थ्य पत्रकारिताले मात्र राख्न सक्छ ।’ यसका लागि विकास पत्रकारिता अपरिहार्य रहेको उनको भनाई छ । 

युनियन रुपन्देहीका अध्यक्ष कवीन्द्र नेपालको अध्यक्षतामा भएको सो तालिममा ४० भन्दा बढी पत्रकारको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव कपिल ज्ञवालीले गरेका थिए ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ७ : २७ बजे

विश्वकपमा कोलम्बियाको विजयी सुरुवात : उज्वेकिस्तान ३–१ गोल अन्तरले पराजित

काठमाडौँ – विश्वकप फुटबलमा कोलम्बियाले उज्वेकिस्तानमाथि ३–१ को सहज जित

हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै

झापा– जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षाका लागि ‘स्पेसल टास्क फोर्स’

रास्वपाको सचिवालय बैठक सुरु: चितवन महाधिवेशन र विधान मस्यौदा मुख्य एजेन्डा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक

पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार

कास्की– निजामती कर्मचारी अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवा अब

रोनाल्डोलाई पछाडि पार्दै मेसीको नाममा अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक ह्याट्रिकको कीर्तिमान

काठमाडौँ – अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेसी २१ औँ शताब्दीमा