आज २०८२ साल असार २९ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल असार २९ गते आइतबारको राशिफल


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असार २९ गते आइतबार। साउन कृष्ण पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ जुलाई १३ तारिख। भानु जयन्ती। आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। आम्दानीका स्रोत बढ्नेछन्। राजनीतिमा पहुँच विस्तार हुनेछ। प्राविधिक शिक्षामा गरेको प्रयासमा सफल बन्नुहुनेछ। परिवारसँगको सम्बन्धबाट फाइदा हुने योग छ।

वृष : दिन राम्रो छ। तपाईंसँग धेरै मानिस आकर्षित हुनेछन्। स्वदेशमा विकल्प देखेर मनमा शान्ति मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट राम्रो नतिजा प्राप्त हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

मिथुन : दिन सामान्य छ। आफूले आफ्नै मूल्यांकन गर्न नसक्दा मनमा खटपटी बढ्नेछ। भौतिकता भन्दा धर्मकर्ममा सक्रिय हुनु आवश्यक हुन्छ। दक्षिणको एकल यात्रा नगर्नु उचित हुन्छ। सहकर्मीसँग सचेत भएर काम गर्नुपर्ने दिन छ।

कर्कट : दिन सामान्य छ। महत्त्वपूर्ण निर्णय गर्दा फाइदा हुनेछ। समाजमा विरोध हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ। यात्रामा अनावश्यक खर्च बढ्नेछ। गुरुको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ।

सिंह : दिन सामान्य छ। सानो कुराले मन अशान्त बन्नेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। आम्दानी भने बढ्ने दिन छ। दान गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

कन्या : दिन सामान्य छ। परिवारमा एकपछि अर्को बोझ थपिने छ। शिक्षामा मिहिनेत गरेको भए फाइदा हुनेछ। स्वास्थ्यले साथ दिनेछ। खर्च बढ्ने भएकाले सचेत भएर काम गर्नु उचित हुन्छ।

तुला : दिन सामान्य छ। श्रमको शोषण हुने जोखिम छ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ। थप मिहिनेत गरेमा शिक्षामा प्रगति हुनेछ। राजनीतिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ।

वृश्चिक : दिन राम्रो छ। काममा उत्साह थपिने छ। शरीरमा फूर्ती बढ्ने योग छ। परिवारसँग रमाइलो भेटघाटको कार्यक्रम तय हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।

धनु : दिन राम्रो छ। भाग्यको उदय हुनेछ। अभिभावकको सल्लाहमा अगाडि बढ्नु उचित हुन्छ। राजनीतिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ। शिक्षा र स्वास्थ्यमा प्रगति हुने योग छ।

मकर : दिन राम्रो छ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्ने देखिन्छ। कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ। विदेशको तयारीमा भए नाम निस्कने छ। कृषि क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। कृषि क्षेत्रमा लगानी गर्नु उचित हुन्छ।

कुम्भ : दिन सामान्य छ। सानो कुराले मनमा खटपटी बढनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत आवश्यक देखिन्छ।

मीन : दिन मध्यम छ। सोचेर मात्र बोल्नु उचित हुन्छ। तपाईंको बोलीले आफन्त टाढिने छन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ। मिहिनेत गरेको कामको नतिजा राम्रो प्राप्त हुनेछ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ५ : १२ बजे

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी