लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ « Khabarhub

लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १२ जनालाई शनिबार नियन्त्रणमा लिएको छ । लागूऔषध ब्राउन सुगरसहित मोरङको विराटनगर,कैलालीको धनगढी, सिराहाको सिराहा नगरपालिका सुर्खेतको विरेन्द्रनगरबाट पाँच जनालाई पक्राउ गरेको छ ।

यस्तै नियन्त्रित लागूऔषधसहित अन्य पक्राउ परेका छन् । पक्राउ परेकाका साथबाट १९९ ग्राम ५ सय ९० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । पक्राउन पर्नेमा विराटनगर-१२ का रोशनलाल महत्तो र भारत बिहार अररियाका पवन कुमार यादव छन् । उनीहरूकोव साथबाट प्रहरीले को. ३० प ४१० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

यस्तै धनगढीबाट केदार बोहरा, सिराहा गोलबजारबाट शषिकुमार साह र सुर्खेत वीरेन्द्रनगर युबराज शाहीलाई शनिबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । रूपन्देहीको रोहिणीबाट नियन्त्रित लागूऔषध स्पास्मो ३९ ट्याब्लेट र नाईट्रोसन ३ ट्याब्लेटसहित हलिम अन्सारी पक्राउ परेका छन् ।

कैलालीको गोदावरीबाट ट्रामाडोल ३ सय ६० ट्याब्लेटसहित तपेश खड्का र धनगढी-५ का दिक्पाल स्वार पक्राउन परेका छन् । मकवानपुरको हेटौंडा-२ बाट ट्रामाडोल ५२ ट्याब्लेटसहित बकैया जलजका कुशल खड्कालाई शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै धरान-८ अरूण टोलबाट नियन्त्रित लागूऔषध ट्रामोल १ सय ६२ ट्याब्लेट र ट्रामाडोल ३ ट्याब्लेटसहित उज्वल तामाङसहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  १२ : २५ बजे

स्वास्थ्यबीमा केवल उपचार मात्र होइन, सामाजिक विषय पनि हो : जनस्वास्थ्यविद् डा. वन्त

काठमाडौं– नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रूपमा

रोल्पामा एमाले र रास्वपाबीच चुनावी तालमेल प्रयास असफल

रोल्पा– रोल्पामा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच

प्रतिस्पर्धाबीच दलहरु संयम, झडप र गालीगलौज पनि चर्को सुनिएन !

काठमाडौं– विगतका संसदीय चुनावको तुलनामा यस पटकका कार्यक्रम तथा गतिविधिमा

मोरङ–६ मा शेखर कोइरालालाई विभिन्न दलले सघाउने

मोरङ– मोरङ क्षेत्र नं. ६ मा कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालालाई