लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ « Khabarhub

लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १२ जनालाई शनिबार नियन्त्रणमा लिएको छ । लागूऔषध ब्राउन सुगरसहित मोरङको विराटनगर,कैलालीको धनगढी, सिराहाको सिराहा नगरपालिका सुर्खेतको विरेन्द्रनगरबाट पाँच जनालाई पक्राउ गरेको छ ।

यस्तै नियन्त्रित लागूऔषधसहित अन्य पक्राउ परेका छन् । पक्राउ परेकाका साथबाट १९९ ग्राम ५ सय ९० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । पक्राउन पर्नेमा विराटनगर-१२ का रोशनलाल महत्तो र भारत बिहार अररियाका पवन कुमार यादव छन् । उनीहरूकोव साथबाट प्रहरीले को. ३० प ४१० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

यस्तै धनगढीबाट केदार बोहरा, सिराहा गोलबजारबाट शषिकुमार साह र सुर्खेत वीरेन्द्रनगर युबराज शाहीलाई शनिबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । रूपन्देहीको रोहिणीबाट नियन्त्रित लागूऔषध स्पास्मो ३९ ट्याब्लेट र नाईट्रोसन ३ ट्याब्लेटसहित हलिम अन्सारी पक्राउ परेका छन् ।

कैलालीको गोदावरीबाट ट्रामाडोल ३ सय ६० ट्याब्लेटसहित तपेश खड्का र धनगढी-५ का दिक्पाल स्वार पक्राउन परेका छन् । मकवानपुरको हेटौंडा-२ बाट ट्रामाडोल ५२ ट्याब्लेटसहित बकैया जलजका कुशल खड्कालाई शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै धरान-८ अरूण टोलबाट नियन्त्रित लागूऔषध ट्रामोल १ सय ६२ ट्याब्लेट र ट्रामाडोल ३ ट्याब्लेटसहित उज्वल तामाङसहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  १२ : २५ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा