२५ वर्षपछि पनि ‘केबीसी’ को क्रेज उस्तै : सिजन १७ मा पुनः अमिताभ बच्चनकै दमदार प्रस्तुति « Khabarhub

२५ वर्षपछि पनि ‘केबीसी’ को क्रेज उस्तै : सिजन १७ मा पुनः अमिताभ बच्चनकै दमदार प्रस्तुति


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेलिभिजन इतिहासकै सबैभन्दा लोकप्रिय र लामो समयदेखि चल्दै आएको रियालिटी शो ‘कौन बनेगा करोडपति (केबीसी)’ फेरि एक पटक नयाँ सिजनसहित दर्शकमाझ फर्किन लागेको छ । २५ वर्षअघि सुरु भएको यो शो आज पनि दर्शकहरूको मनमुटुमा उस्तै स्थान ओगट्न सफल छ ।

सन् २००० मा पहिलो पटक प्रसारणमा आएको ‘केबीसी’ले न केवल ज्ञानमा आधारित मनोरञ्जनको नयाँ ढोका खोल्यो, यो शो सुपरस्टार अमिताभ बच्चनको करियर पुनर्जीवित गराउने महत्त्वपूर्ण मोडसमेत बन्यो । अहिले, २५ वर्षपछि पनि बच्चन नै यसको होस्टको रूपमा फर्किन लागेका छन् ।

पछिल्लो केही सातादेखि शोको होस्टबारे विभिन्न अड्कलबाजी चलिरहेका थिए । कतिपयले भनेका थिए कि अमिताभ बच्चनले व्यक्तिगत कारणले शो छोड्ने भएका छन् र उनको स्थानमा सलमान खानले कार्यक्रम सञ्चालन गर्नेछन्। तर, सोनी टिभीका आधिकारिक स्रोतहरूले यी सबै अफवाहलाई खारेज गरेका छन् ।

अन्ततः शोको सिजन १७ को नयाँ प्रोमो २६ गते बिहीबार सार्वजनिक भएपछि सबै अड्कलहरू समाप्त भएका छन् । प्रोमोमा अमिताभ बच्चन आफ्नै ‘अग्निपथ’ शैलीमा देखिन्छन् र शोको नयाँ थिम “जहाँ अकल है, वहाँ अकड़ है” घोषणा गर्छन् ।

‘केबीसी सिजन १७’ आगामी ११ अगस्ट २०२५ बाट सोमबारदेखि शुक्रबार राति ९ बजे सोनी टिभीमा प्रसारणमा आउनेछ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  १२ : ३७ बजे

इनिशा विक हत्या प्रकरण : दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

काठमाडौं– बालिका इनिशा विक हत्यासम्बन्धी घटनाको शीघ्र छानबिन गरी संलग्न

किसानलाई पतिङर सोहोर्ने चटारो

महोत्तरी- अहिले पूर्वपश्चिम राजमार्गको दायाँबायाँ वनक्षेत्रमा पतिङर सोहोर्न महोत्तरीको उत्तरी

असिनाले फलफूल र तरकारी बालीमा क्षति

गण्डकी– असिनाका कारण पोखराका विभिन्न भू-भागमा तरकारी तथा फलफूल खेतीमा

एन्फा गेट अगाडि क्लबहरूको नाराबाजी : मनपरी तालिका मान्य छैन

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले एकलौटी तवरले सहिद स्मारक

आँबुखैरेनीद्वारा सात लाखको छात्रवृत्ति वितर

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०८२-८३ को नीति तथा