कञ्चनपुरका राना थारु गाउँमा सावन डोलाको रौनक « Khabarhub

कञ्चनपुरका राना थारु गाउँमा सावन डोलाको रौनक


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीस्थित राना थारु समुदायका महिलाले सावन डोला (पिङ) राखेका छन् । श्रावण कृष्णपक्षको प्रतिपदाको दिन गाउँकोबीच भागमा डोला राखिएको हो । 

राना थारु समुदायमा परम्परागतकालदेखि डोला राख्ने चलन रहेको वडाध्यक्ष नवलसिंह राना बताउँछन् । उनका अनुसार गाउँको बीच भागमा राखिएको डोलालाई विवाहित महिलाले सजाउँछन् । त्यस अवसरमा उनीहरूले लोकभाकामा गीत पनि गाउँछन् । यो क्रम अठार दिनसम्म चल्छ । 

यो परम्परा कालागौँडीको राना थारु गाउँमा मात्रै नभएर कैलाली कञ्चनपुरका राना थारु गाउँमा पनि मनाइन्छ । डोलामा झुल्ने क्रममा महिलाहरूले रामायण, महाभारत, कृष्णलीला, र पारिवारिक कथाहरूमा आधारित परम्परागत गीत गाउँछन् ।

‘डोला मात्र झुल्ने ठाउँ होइन, हाम्रो संस्कार साँच्ने थलो हो’ देवकीदेवी रानाले भनिन्, ‘दिदीबहिनीहरू मिलेर गीत गाउँछौँ, आफ्ना परम्परा जगेर्ना गर्छौँं ।’ गाउँका भद्रभलादमी, भलमन्सा भर्रालगायतले दुष्टतात्माको अनिष्टबाट जोगाउनका लागि विधि विधानअनुसार डोला राख्ने क्रममा पूजा गर्ने चलन रहेको कालागौंँडी गाउँका भलमन्सा लालबहादुर रानाले बताए ।
  
‘पूजापाठका क्रममा धूप बत्ती गर्ने, फूल मिठाइलगायत चढाउने काम गर्दछौँ’, उनले भने, ‘कमिलालाई त्यसैक्रममा सावनको डोलामा झुलाउने(पिङ खेलाउने) कार्य गरिन्छ ।’ जसलाई राना थारु भाषामा ‘चिटी डोँका’ भन्ने गरिएको उनले बताए । 

उनका अनुसार यस्तो गरेमा डोलामा झुल्नेलाई रिङटा नलाग्ने र दुष्टात्माको नजरबाट जोगाउने अन्न धेरै फल्ने रोगव्याधी हट्ने जनविश्वास रहिआएको छ । यी धार्मिक तथा परम्परागत विधि विधान पूरा भएपछि डोलाको दुईतर्फ लामबद्ध भएर उभिएका महिलाले माङ्गलिक र धार्मिक गीत परम्परागत लोक लयमा गाउन सुरु गर्दछन् । केही महिलाले डोलामा चढेर रमाइलो गर्दछन् ।

‘यो चलन लामो समयदेखि चल्दै आएको छ’, प्रेमवती रानाले भनिन्, ‘दिदीबहिनीले डोलामा मच्चिँदै रमाइलो गर्दै माङ्गलिक गीत गाउने गर्दछन् ।’ चार वटा काठको खावा गाडेर त्यसको बीचमा काठकै बलियो डण्डी राख्ने गरिन्छ र डण्डीमा डोरी राखेर त्यसमा काठको फल्याक बाँधेर डोला (पिङ)का रूपमा प्रयोग गरिन्छ ।
 
डोला खेल्ने दिदीबहिनीको उत्साह थप्नका लागि ठूलो आवाजमा दाजुभाइले गीत गाउने चलन यस समुदायमा छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच आत्मीयता बढ्ने भएकाले यसलाई बढी महत्त्व दिइने गरिएको उनको भनाइ रहेको छ । 
 
सावनको डोला खेल्ने क्रम श्रावण शुक्लपक्षको तृर्तिया तिथिसम्म जारी रहन्छ । अठार दिनसम्म सावनको डोलामा दिदीबहिनीले रमाइलो गर्दै झुल्ने स्थानीय शिक्षक गेंदुराम राना बताउँछन् । श्रावण शुक्लपक्षको तृतियाका दिन राना थारु समुदायका दिदीबहिनीले दाजुभाई र भतिजाको दीर्घायूको कामना गर्दै पानी नपिएर निरहार बसी तिजको व्रत बस्ने गरेको उनले बताए ।

उनका अनुसार निरहार बसेका दिदीबहिनीले प्रसादका रूपमा साँझपख सिमही, पपरा, कतरा, पुरी, गुलगुलालगायतका पकवान ग्रहण गर्दछन् । ती परिकार भने तिजको बिहानीपखदेखिनै पकाउने कार्य गरिन्छ । तिजको दिन व्रतालु उपस्थित भएर डोलामा राखिएको डोरीको टाउको काट्ने गर्दछन् । 

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ३ : २४ बजे

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई