यस्ता छन् उपमेयर डंगोलले सार्वजनिक गरेको महानगरको बजेटका उद्धेश्य « Khabarhub

यस्ता छन् उपमेयर डंगोलले सार्वजनिक गरेको महानगरको बजेटका उद्धेश्य


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा बजेटका परिलक्ष्ति उद्देश्य हासिल गर्न लैङ्गिक समानता र सामाजिक समावेसीकरणलाई टेवा पुग्ने कार्यक्रममार्फत् समतामूलक समाज निर्माण गर्ने विषयलाई प्राथमिकता दिने भएको छ ।

स्थानीय भाषा, संकृति तथा सम्पदाहरुको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिवृद्धिमा सघाउ पुर्‍याउने, बढदो वेरोजगार दरलाई न्यूनिकरण गर्न स्वदेशमै सीप तथा तालिम दिई स्वरोजगार बनाई विदेसिने दर घटाउने जस्ता लक्ष्यहरू पनि लिएको छ ।

‘आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा बजेटका परिलक्ष्ति उद्देश्य हासिल गर्न उपलब्ध श्रोत, सूचना र मानव संशाधनको उच्चतम परिचालन गर्दै विकासको गतिलाई तीव्रता दिने, स्थानीय स्रोत र साधनलाई सन्तुलित र समन्यायिक ढंगले परिचालन गरी आर्थिक असमानता र गरिवी न्यूनीकरण गर्ने जस्ता विषयलाई जोड दिने छौँ,’ उनले भनिन्यो, ‘सामाजिक, आर्थिक, भौतिक पूर्वाधार विकासमार्फत् समुन्नत र समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माणमा महानगरको आर्थिक गतिविधिमार्फत् योगदान, खाद्य गुणस्तरलाई प्राथमिकता दिई गुणस्तरीय वस्तु तथा सेवा जनतालाई उपलब्ध गराउने लक्ष्य लिएका छौँ ।’

आगामी आर्थिक वर्षका लागि राजश्व असुलीलाई प्रभावकारी वनाउन व्यवसाय करमा नयाँ करदाता पहिचान गर्ने, करदाताहरुलाई व्यवसाय कारोवारस्थलमा नै गई समन्वय तथा सहजीकरण गर्ने कार्यलाई प्राथमिकतामा राख्ने पनि उनले उल्लेख गरिन् ।

‘अगामी आर्थिक वर्ष २०८२/०८३ मा करको दायरामा नआएका करदाताहरुलाई करको दायरामा ल्याउन पौष मसान्तसम्म कर वुझाउने करदातालाई १० प्रतिशत छुट दिइएको छ ।

बहाल करलाई एकद्धार प्रणालीमार्फत् संकलन गर्न संघीय सरकारसँग समन्वय र सहकार्य गर्ने व्यवस्था मिलाइने भएको छ ।

‘करप्रतिको अपनत्व र विश्वास अभिवृद्धि गर्न केही करका शिर्षकमा सिफारिस दस्तुर निशुल्क गरिएको छ,’ उनले भनिन्, ‘कर विश्लेषण र करको दायरा वृद्धि गर्न विज्ञसहितको सरोकारवाला निकायसँग सहकार्य गर्ने कार्यक्रम प्रस्ताव गरिएको छ । कारदातालाई वस्तुगत संघहरुसंग आवद्ध गरी दायरा फराकिलो बनाउने सोच राखिएको छ ।’

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ४ : १७ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि