मन्त्री गुप्ता जोडिएको अडियो प्रकरणमा प्रधानमन्त्रीले छानबिन गर्नुपर्छ : योगेश भट्टराई « Khabarhub

मन्त्री गुप्ता जोडिएको अडियो प्रकरणमा प्रधानमन्त्रीले छानबिन गर्नुपर्छ : योगेश भट्टराई


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता योगेश भट्टराईले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणका विषयमा प्रधानमन्त्रीले छानबिन गर्नुपर्ने बताएका छन् । 

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले मन्त्री गुप्ताको अडियो सही हो वा होइन भन्नेबारे प्रधानमन्त्रीले छानबिन गर्नुपर्ने बताएका हुन् । 

यस विषयमा संसद्मा समेत कुरा उठेकाले सम्बन्धित मन्त्रीले समेत संसद्मा आएर प्रस्ट पार्नुपर्ने उनले बताए ।

भट्टराईले यसमा मन्त्रीहरूको संलग्नता रहेको पुष्टि भए प्रधानमन्त्रीले पदबाट हटाउनुपर्ने धारणा राखे ।  

उनले सञ्चारमाध्यममा आएका सबै समाचार सत्य नहुने भएकाले गम्भीरतापूर्वक बुझ्नुपर्ने जिकिर गरे । भट्टराईले सबैको सहमतिमा नै संविधान संशोधनको विषयलाई अघि बढाउने बताए ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ६ : १५ बजे

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०