साइबर ब्यूरोमा उजुरी परेपछि खाँणले भने : मलाई पहिल्यै डर थियो « Khabarhub

साइबर ब्यूरोमा उजुरी परेपछि खाँणले भने : मलाई पहिल्यै डर थियो


२९ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक रामजी खाँणले आफूविरुद्ध सामाजिक सञ्जालमा भइरहेको आलोचना र साइबर ब्यूरोमा परेको उजुरीका सन्दर्भमा सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन्।

खाँणले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, “हिजोदेखि ‘नयाँ गीत आयो’ भन्दै लुकीलुकी सेयर गरिएको, आज आएर ‘तीजमा विकृति र अश्लीलता ल्यायो’ भनेर उजुरी परेछ।” उनले स्पष्ट पारेका छन् कि विवादित भनिएको गीत तीज गीत होइन, न त दोहोरी नै, बरु एक पृथक धारको गीत हो।

उनका लेखेका छन्।, “केही साथीहरूले त्यो गीतलाई तीज गीत भनेर दर्ता गराएका रहेछन्, तर वास्तविकतामा त्यो तीजका लागि बनाइएको गीत होइन। मलाई भिडियो हेरेर अलि अलि डर लागेको थियो, स्वीमिङपुल वाला क्लिपले अलि झस्काएको हो। कुरो त्यो होइन रहिछ, उजुरी हाल्नेहरूलाई रामजी खाँणको नाम चाहिएको रहेछ।”

खाँणको उक्त गीतमा स्वीमिङ पूल, आकर्षक दृश्य र केही बोल्ड संवादहरू समावेश गरिएका छन्, जसले कतिपय दर्शकको दृष्टिमा ‘तीज गीत’ सन्दर्भमा असहज महसुस गराएको छ ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  १० : २८ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको