नागरिक उन्मुक्तिको अध्यक्षमा रञ्जिता नै कायम, लालवीरले पाएनन् मान्यता « Khabarhub

नागरिक उन्मुक्तिको अध्यक्षमा रञ्जिता नै कायम, लालवीरले पाएनन् मान्यता


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रञ्जिता श्रेष्ठ नै रहेको निर्णय गरेको छ ।

नाउपाको राष्ट्रिय भेलाले सांसद लालवीर चौधरीलाई अध्यक्ष बनाएर आयोगमा दर्ता गरेको भए पनि आयोगले चौधरीलाई मान्यता नदिएपछि रञ्जिता नै आधिकारिक अध्यक्ष रहने भएकी छिन् ।

उक्त निर्णयबारे आयोगले आज जानकारी गराउने आयोगकी प्रवक्ता निता पोखरेल अर्यालले जानकारी गराइन् । राजनैतिक दलसम्बन्धी ऐन र नाउपाको विधान अनुसार राष्ट्रिय भेला वैधानिक नभएको आयोगको ठहर छ ।

पार्टीका संरक्षक रेशम चौधरी पक्षका बहुमत सदस्यको केन्द्रीय समिति बैठकमार्फत श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्ष पदबाट हटाएको थियो । 

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १० : ३७ बजे

ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकेका छौँ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै

२० लाख हुण्डी रकमसहित एकजना पक्राउ

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख हुण्डी रकमसहित एक

पश्चिम एसिया युद्धको त्रासबीच ३ लाख भारतीय स्वदेश फर्किए, ६ जनाको मृत्यु

काठमाडौँ- मध्यपूर्व (पश्चिम एसिया) मा जारी युद्धका बीच गत फेब्रुअरी

कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा

माधव नेपाल भन्छन् : प्रचण्ड र मलाई पार्टीबाट कसैले बिदा हुनु भन्नु भएको छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले पार्टीबाट कसैले पनि