जबरजस्ती करणी मुद्दाका कैदी सुनसरी कारागार कार्यालयबाटै फरार  « Khabarhub

जबरजस्ती करणी मुद्दाका कैदी सुनसरी कारागार कार्यालयबाटै फरार 


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एकजना कैदी सुनसरी कारागार कार्यालय झुम्काबाट फरार भएका छन् । 

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका निवासी २८ वर्षीय रूपक पौडेल खत्री कारागारको पर्खाल चढेर मंगलबार राति फरार भएको सुनसरी प्रहरीले जनाएको छ ।

फरार भएका पौडेलको अहिले सशस्त्र प्रहरीको सुरक्षा बेस झुम्का र नेपाल प्रहरीको संयुक्त टोली खोजी गरिरहेको छ । तर अहिलेसम्म उनी भेटिएका छैनन् ।

कैदी भागेपछि अहिले सुनसरीस्थित प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीहरूको बैठक बसिरहेको छ ।

यसअघि पनि उक्त कारागारबाट १२ जना कैदी फरार भएका थिए । त्यसबेला १२ जना कैदीहरू २०६९ कात्तिक २३ गते राति सुरुङ खनेर झुम्का कारागारबाट फरार भएका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ११ : २४ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर