रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार « Khabarhub

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । 

भिजिट भिसा प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठनका लागि सरकारले वास्ता नगरेको भन्दै बैठक बहिष्कार गरेका हुन् ।  

सभामुख दवराज घिमिरेले बैठकको कारबाही सुरु भएको घोषणा गरे लगत्तै रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद अशोककुमार चौधरीलाई बोल्न अनुमति दिएका थिए । 

उनले भिजिट भिसा प्रकरणमा आफूहरूको मागअनुरूप छानबिन गर्न समिति नबनाइएकोले नबन्दासम्म विरोध गरिरहने बताए । उनीपछि सभामुख घिमिरेले राप्रपाका सांसद दिपकबहादुर सिंहलाई बोल्न अनुमति दिएका थिए । 

सांसद सिंह बोलिसकेपछि रास्वपा र राप्रपाका सांसदहरू बैठक कक्षबाट बाहिरिएका छन् । उनीहरू गत जेठ १३ गतेदखि लगातार संसद बैठक बहिष्कार गर्दै आएका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १ : १८ बजे

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

तनहुँ– लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र

काभ्रे– निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक