प्रभु बैंकको नाफा ९६५ प्रतिशत बढ्यो  « Khabarhub

प्रभु बैंकको नाफा ९६५ प्रतिशत बढ्यो 


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्ष बैंकले खुद नाफा ५ अर्ब ४४ करोड २६ लाख ९३ हजार रुपैयाँ कमाएको छ ।

उक्त नाफा अघिल्लो वर्षको तुलनामा ९६५.४१ प्रतिशतले बढी हो । गत वर्ष बैंकको खुद नाफा ५१ करोड ८ लाख ५६ हजार रुपैयाँ मात्र थियो ।  

बैंकले ब्याज आम्दानी भने ३९.४७ प्रतिशतले घटेको छ । यस्तो आम्दानी गत आवमा बैंकले ७ अर्ब १९ करोड ७८ लाख रुपैयाँ गरेको छ । 

बैंकको खराब कर्जामा भने सामान्य बढेको छ । गत वर्ष बैंकको खराब कर्जा ४.९६ प्रतिशत रहेको छ । 

बैंकको प्रतिशेयर आम्दानी २३.१२ रुपैयाँ हुँदा मूल्य आम्दानी अनुपात ९.६ गुणा छ । असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ कायम भएको छ । 

गत वर्ष बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ छ । 

चुक्ता पुँजी २३ अर्ब ५४ करोड २९ लाख ९० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १४ अर्ब ५९ करोड ६३ लाख रुपैयाँ हरेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १ : ३० बजे

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र