पोखरामा ११ जना भारतीय कालीगढ पक्राउ परेको भन्दै सुनचाँदी रत्न महासंघले गुहार्‍यो गृहमन्त्री « Khabarhub

पोखरामा ११ जना भारतीय कालीगढ पक्राउ परेको भन्दै सुनचाँदी रत्न महासंघले गुहार्‍यो गृहमन्त्री


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनचाँदीको अवैध कारोबारमा संलग्न रहेको आरोपमा पोखराबाट पक्राउ परेका ११ जना भारतीय नागरिकको सम्बन्धमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको ध्यानाकर्षण भएको छ ।

महासंघको टोली गृहमन्त्री रमेश लेखक समक्ष कालीगढ पक्राउ परेको  भन्दै पुगेको छ । साउन २३ गते शुक्रबार कास्की प्रहरीले ११ जना भारतीय कालीगढहरूलाई नियन्त्रणमा लिएको थियो ।

महासंघको जानकारीअनुसार उनीहरूमध्ये अधिकांशले नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई व्यवसाय गर्दै आएको र केवल ज्याला मजदुरीको काम मात्र गरेको भन्दै गृहमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । 

महासंघले सत्यतथ्य नबुझी हचुवाको भरमा व्यवसायी र मजदुरलाई दुःख दिने काम रोक्न माग गरेको बताएको छ । महासंघले निष्पक्ष छानबिनमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । 

यस सम्बन्धमा महासंघले गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षकलाई पनि बोधार्थ महासंघले पठाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १ : ५५ बजे

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

तनहुँ– लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र

काभ्रे– निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक