संसद्‍बाट प्रधानमन्त्रीले भने- ०८४ सम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ  « Khabarhub

संसद्‍बाट प्रधानमन्त्रीले भने- ०८४ सम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ 


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेकै राजनीतिक समीकरण रहने दोहोर्‍याएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठक सम्बोधनका क्रममा उनले नेपाली कांग्रेससँगको सत्ता सहकार्य ०८४ को निर्वाचनसम्म रहने दोहोर्‍याएका हुन् । 

‘म सबैलाई स्पष्ट पार्न चाहन्छु– अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ । त्यहाँसम्मका लागि हामीले सहमति गरेका छौँ,’ प्रधानमन्त्री ओलीले भने । 

उनले सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेसँगमात्रै पनि संसद्मा बहुमत रहेको प्रष्टयाउँदै अन्य दलहरू पनि सरकारमा सहभागी रहेका स्मरण गराए । प्रधानमन्त्री ओलीले प्रतिपक्षी नेकपा माओवादी केन्द्रतर्फ ईंगित गर्दै अस्थिरता चाहनेले बेलाबेला सरकार ढल्ने भनेर हल्ला पिट्ने गरेको टिप्पणी गरे । 

‘प्रमुख दल कांग्रेस र एमलेमात्रैको संसद्मा भारी बहुमत छ । त्यसमाथि अन्य दलहरू समेत यस सरकारमा सहभागी छन् । सरकार बनाउने संसद्को गणितले हो,’ उनले भने, ‘बलियो संसदीय गणितको जगमा उभिएको सरकार आजै ढल्छ, भोलि नै ढल्छ भने अस्थिरताका लागि हल्ला पिटिरहने जस्तो, अनि नढलेपछि त्यति रूचि छैन यो सरकार भन्नेतिर हाम्रो भन्न पनि भ्याइहाल्ने फेरि ।’

प्रधानमन्त्री ओलीले सरकार ढल्ने हल्ला चलाउनु देश, राजनीति र नीतिगत स्थिरताका हुन नसक्ने पनि जिकिर गरे । ‘त्यस्तो अस्थिरताको पक्षपोषण के का लागि हो ?,’ प्रश्न गर्दै प्रधानमन्त्रीलेभ भने, ‘देशका लागि, राजनीति र नीतिगत स्थिरताका लागि त यो पक्कै होइन । र, हुन सक्दैन ।’

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  २ : १२ बजे

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा