संसद्‍बाट प्रधानमन्त्रीले भने- ०८४ सम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ  | Khabarhub Khabarhub

संसद्‍बाट प्रधानमन्त्रीले भने- ०८४ सम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ 


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेकै राजनीतिक समीकरण रहने दोहोर्‍याएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठक सम्बोधनका क्रममा उनले नेपाली कांग्रेससँगको सत्ता सहकार्य ०८४ को निर्वाचनसम्म रहने दोहोर्‍याएका हुन् । 

‘म सबैलाई स्पष्ट पार्न चाहन्छु– अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ । त्यहाँसम्मका लागि हामीले सहमति गरेका छौँ,’ प्रधानमन्त्री ओलीले भने । 

उनले सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेसँगमात्रै पनि संसद्मा बहुमत रहेको प्रष्टयाउँदै अन्य दलहरू पनि सरकारमा सहभागी रहेका स्मरण गराए । प्रधानमन्त्री ओलीले प्रतिपक्षी नेकपा माओवादी केन्द्रतर्फ ईंगित गर्दै अस्थिरता चाहनेले बेलाबेला सरकार ढल्ने भनेर हल्ला पिट्ने गरेको टिप्पणी गरे । 

‘प्रमुख दल कांग्रेस र एमलेमात्रैको संसद्मा भारी बहुमत छ । त्यसमाथि अन्य दलहरू समेत यस सरकारमा सहभागी छन् । सरकार बनाउने संसद्को गणितले हो,’ उनले भने, ‘बलियो संसदीय गणितको जगमा उभिएको सरकार आजै ढल्छ, भोलि नै ढल्छ भने अस्थिरताका लागि हल्ला पिटिरहने जस्तो, अनि नढलेपछि त्यति रूचि छैन यो सरकार भन्नेतिर हाम्रो भन्न पनि भ्याइहाल्ने फेरि ।’

प्रधानमन्त्री ओलीले सरकार ढल्ने हल्ला चलाउनु देश, राजनीति र नीतिगत स्थिरताका हुन नसक्ने पनि जिकिर गरे । ‘त्यस्तो अस्थिरताको पक्षपोषण के का लागि हो ?,’ प्रश्न गर्दै प्रधानमन्त्रीलेभ भने, ‘देशका लागि, राजनीति र नीतिगत स्थिरताका लागि त यो पक्कै होइन । र, हुन सक्दैन ।’

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  २ : १२ बजे

आन्तरिक पर्यटकको आकर्षक गन्तव्य ब्रम्हस्थान

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–३ स्थित ब्रम्हस्थान नयाँ पर्यटकीय

प्रधानमन्त्री निवासमा सुरक्षा प्रमुखको बैठक

काठमाडौं– मुलुकको वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न

गौशालामा पुरुषको शव फेला

मटिहानी– गौशाला बजारमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको

माइतीघरमा प्रदर्शन गर्न पुगेका जेन-जी पक्राउ

काठमाडौं– माइतिघरमा प्रदर्शन गर्न पुगेका जेन-जी युनाइटेडका जेन-जीहरू पक्राउ परेका

क्वालालम्पुरमा अमेरिका–चीन व्यापार वार्ता शुरु

क्वालालम्पुर- चीन र संयुक्त राज्य अमेरिकाबीचको पछिल्लो व्यापार वार्ता शनिबार