रविपत्नी निकिताको आरोप- गृहमन्त्रीको निर्देशनमा अदालतको आदेश रोकियो, अन्तर्राष्ट्रिय अदालत जान्छु « Khabarhub

रविपत्नी निकिताको आरोप- गृहमन्त्रीको निर्देशनमा अदालतको आदेश रोकियो, अन्तर्राष्ट्रिय अदालत जान्छु


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगी प्रकरणमा भैरहवा कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले गृहमन्त्री रमेश लेखकमाथि गम्भीर आरोप लगाएकी छन्। 

उनले सामाजिक सञ्जालमार्फत खुला पत्र लेख्दै अदालतको आदेशसम्म मन्त्री लेखकको निर्देशनमा रोकिएको दाबी गरेकी छन्।

‘आम थुनुवाले पाउने अड्डासारको सुविधा रविको हकमा अदालतले आदेश दिए पनि कार्यान्वयन रोकिन्छ’, उनले भनिन्, ‘मुद्दाको पेशी चढेपछि न्याय परिषद्मा उजुरी हाल्ने, उजुरीको ड्राफ्ट गृहमन्त्रीकै कार्यकक्षमा तयार गर्ने र त्यसको लिङ्क सचिवालयमार्फत फैलाउनेजस्ता गतिविधि भइरहेको छ ।’

निकिताले गृहमन्त्रीमाथि अदालतलाई धम्क्याउने, न्याय परिषद्मा दबाब सिर्जना गर्ने र थुनुवालाई धरौटीमा छोड्ने नजिर विपरीत रविलाई निरन्तर जेलमै राख्ने आरोप लगाएकी छन्। 

उनले न्यायाधीशहरूको सरुवा-बढुवाको कारण सही फैसला दिन डराउने अवस्था रहेको दाबी गर्दै ‘कुन न्यायमूर्तिले आफ्नो करियर दाउमा राखेर फैसला गर्ने?’ भन्ने प्रश्न उठाएकी छन्।

उनले सर्वोच्च अदालतमा समेत उस्तै मुद्दामा धरौटी दिने निर्णय भए पनि रविको मामिलामा फरक व्यवहार गरिएको बताइन्। उक्त मुद्दा चलेको दिन नै मिडिया ट्रायल र न्याय परिषद्मा उजुरी पुग्दा स्वतन्त्र बहसको वातावरण नबन्ने उनको भनाइ छ।

‘मेरो श्रीमानमाथि लागेका सबै मुद्दा रमेश लेखक गृहमन्त्री भएपछि मात्रै दर्ता भएका हुन्। कुनै मुद्दा हदम्यादमा छैन,’ निकिताले लेखेकी छन् । 

उनले न्याय पाउने आशा भए नभए पनि कानुनी र संवैधानिक सबै ढोकाहरू ढकढक्याउने बताउँदै अन्तर्राष्ट्रिय अदालतसम्म जाने चेतावनी दिएकी छन्।

प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतलाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकालमै भएको ‘खुला अन्याय’बारे सोच्न आग्रह गरिन् । उनले अन्तर्राष्ट्रिय अदालतमा जाने घोषणा गर्दै न्याय नपाएसम्म लडिरहने बताएकी छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  २ : १५ बजे

ठगीको अभियोगमा सात जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

सुकीलाई नजरबन्दमा सार्ने निर्णय, अन्तर्राष्ट्रिय छविमा केन्द्रित कदम

एजेन्सी– पाँच वर्षदेखि हिरासतमा राखिएकी अपदस्थ नेता आङ सान सुकीलाई

बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

प्रेस काउन्सिल नेपालमा स्तनपान कक्ष स्थापना

काठमाडौं– प्रेस काउन्सिल नेपालले कार्यालय परिसरमा स्तनपान कक्ष तथा महिलामैत्री

नेपाली टिममा विनोद भण्डारी र अर्जुन कुमाललाई अवसर : ओपनर कुशल र आशिफ आउट

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले ओपनर