कैलालीस्थित कारागारमा भएको घटनाको निष्पक्ष छानबिन गर्न निर्देशन | Khabarhub Khabarhub

कैलालीस्थित कारागारमा भएको घटनाको निष्पक्ष छानबिन गर्न निर्देशन


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानवअधिकार समितिले कैलालीस्थित कारागार कार्यालय परिसरभित्र यही साउन २३ गते भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कानुनबमोजित कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । 

समितिको बुधबार बसेको बैठकले सो घटनामा पीडितलाई नियमानुसार क्षतिपूर्ति उपलब्ध गराउने आवश्यक प्रबन्ध गर्न पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको हो । 
    
समितिले भनेको छ, ‘देशका विभिन्न जिल्लामा अवस्थित कारागारहरूमा समयसमयमा हुने गरेका यस्ता झडप तथा कुटपिटका घटना दोहोरिन नदिन कारागार प्रशासनलाई थप जिम्मेवार बनाउने र कैदीबन्दीमध्येबाट नेतृत्व छनोट गरी कारागारभित्रको आन्तरिक व्यवस्थापनको जिम्मेवारी दिने प्रावधानको पुनरावलोकन गर्न समितिले सरकारलाई निर्देशन गर्दछ ।’ 

अपराधको प्रकृति, बन्दीको सङ्ख्या र स्वभावअनुसार फरकफरक ब्लक वा कारागारमा राख्ने, कैदीबन्दीलाई श्रम र उत्पादनसँग जोड्नेलगायत विषयसहितको आवश्यक रणनीति तय गरी प्रभावकारी कार्यान्वयन गर्न पनि समितिले निर्देशन दिएको छ । 
    
समितिका सभापति विमला सुवेदीले भने, ‘कारागार प्रशासनको सञ्चालन तथा व्यवस्थापनसँग सम्बन्धित नीतिगत, कानुनी तथा संरचनागत प्रबन्धहरूमा समसामयिक सुधार गर्न, कारागारभित्र आवश्यक भौतिक संरचना निर्माण गर्न र प्रत्येक प्रदेशमा कम्तीमा एक-एक वटा नमूना कारागार निर्माण गर्न, क्षमताभन्दा बढी कैदीबन्दी राख्न नपर्ने अवस्था सुनिश्चित गर्न समितिले सरकारलाई निर्देशन गर्दछ ।’ 

त्यसैगरी समितिले कारागारहरूको सुरक्षा व्यवस्थालाई प्रविधिमैत्री, सक्षम तथा सबल बनाउन र देशैभरिका कारागारलाई मानव अधिकारमैत्री बनाउँदै सुधारगृहका रूपमा विकास गर्न पनि निर्देशन दिएको छ । 

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  २ : ५८ बजे

पहाडबाट तराई झर्ने बढ्दै, चुनौती थपिँदै

कञ्चनपुर– सुदूरपश्चिमका पहाडी जिल्लामा बसाइँसराइका कारण गाउँहरू रित्तो हुँदै गएका

जया बच्चनको सेल्फी विवाद: कंगनाको प्रतिक्रिया, सामाजिक सञ्जालमा हलचल

मुम्बई – समाजवादी पार्टीकी सांसद तथा बलिउड नायिका जया बच्चन

एन्फाविरुद्ध थापाले दायर गरेको रिट खारेज

काठमाडौं – पुनरावेदन अदालत पाटनले पूर्व अध्यक्ष गणेश थापा र

एन्फा महिला लिग छनोट आजदेखि, उद्घाटन खेलमा छहारी एफसी र एफसी रियल भिड्ने

काठमाडौं– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा आज (बिहीबार)देखि

गाजामा भएको आक्रमणमा सय जनाको मृत्यु

गाजा – गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा सय जनाको ज्यान