राप्रपामा बढ्दो टकरावबीच रेखाको टिप्पणी- विशेष महाधिवेशनको माग भएन र ? « Khabarhub

राप्रपामा बढ्दो टकरावबीच रेखाको टिप्पणी- विशेष महाधिवेशनको माग भएन र ?


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य एवम् अभिनेत्री रेखा थापाले पार्टीभित्रको किचलो समाधानका लागि विशेष महाधिवेशनको वकालत गरेकी छन् ।

बुधबार राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौंको अधिवेशनमा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर जबरा पक्षबीच झडप भएपछि थापाको यस्तो प्रतिक्रिया आएको हो ।

सुरूदेखि नै अध्यक्ष लिङ्देनविरुद्ध लागिरहेकी थापाले विशेष महाधिवेशनमार्फत् अब राप्रपाको नेतृत्व छानिनुपर्ने वकालत गरेकी हुन् ।

‘राप्रपाभित्रको किचलोले विशेष महाअधिवेशनको माग भएन र ?’, राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा झडप भएलगत्तै उनले यसरी टिप्पणी गरेकी छन् ।

बुधबार चाबहिलस्थित एक पार्टी प्यालेसमा आयोजित अधिवेशनमा संस्थापननिकट र महामन्त्री धवलशम्शेरनिकट युवाहरू कुटाकुटमा उत्रिए ।

अध्यक्ष लिङदेन कार्यक्रमस्थलमा आइसकेपछि दुई पक्षबीच हात हालाहाल भएको हो । झडपपछि लिङ्देनले उक्त अधिवेशन नै स्थगन गरेको घोषणा गरे । पछिल्लो समय धवल शमशेरले राजेन्द्रविरुद्ध मोर्चा कसेपछि राप्रपा फुटको दिशामा अघि बढेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ३ : २७ बजे

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा