नेपाल वायुसेवा निगमको २३ ठाउँमा जग्गा, कहाँ कति ? « Khabarhub

नेपाल वायुसेवा निगमको २३ ठाउँमा जग्गा, कहाँ कति ?


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– व्यावसायिक क्षेत्रमा अब्बल प्रदर्शन गर्न नसकिरहेको नेपाल वायुसेवा निगम जग्गाको स्वामित्वमा भने दर्जनौँ ठाउँको जमिनको मालिकका रूपमा रहेको देखिएको छ । निगमको नाममा काठमाडौं उपत्यका सहित विभिन्न २३ ठाउँमा ६० रोपनी भन्दा धेरै जमिन रहेको पाइएको हो ।

आर्थिक वर्ष ०८१/८२ को असार मसान्तसम्मको तथ्यांकअनुसार वायु सेवा निगमसँग काठमाडौं उपत्यकाभित्र मात्रै ६९ रोपनी ४ आना भन्दा धेरै जग्गा रहेको छ । जसमध्ये निगमको केन्द्रीय कार्यालय रहेको कान्तिपथ न्युरोडको जग्गाको क्षेत्रफल १४ रोपनी ७ आना १ पैसा १ दाम रहेको छ ।

त्यस्तै, काठमाडौंको सिनामंगलमा निगमको नाममा ३४ रोपनी १३ आना १ पैसा २ दाम जग्गा ९ वटा कित्तामा रहेको छ भने कुलेश्वरमा २७१.०८ वर्गमिटर जग्गा भवन सहित रहेको छ ।

राजधानी बाहिर २० ठाउँमा

काठमाडौं उपत्यका भन्दा बाहिर वायुसेवा निगमको स्वामित्वमा २० ठाउँमा जग्गा रहेको देखिएको छ । जसमध्ये कतिपय जग्गामा भवन छन् भने कतिपय ठाउँमा पर्खाल मात्रै रहेको निगमको कागजातमा उल्लेख छ ।

विराटनगरको रोड सेस चोकमा निगमको स्वामित्वमा ४ आना १० पैसा क्षेत्रफल जग्गा रहेको छ, जुन जग्गामा पूर्वाञ्चल क्षेत्रीय कार्यालयको भवन छ । त्यस्तै विराटनगरको जतुवामा ८ आना जग्गा छ, जसलाई निगमले पर्खाल लगाएर राखेको जनाएको छ ।

निगमले नेपालगञ्जमा आफ्नै जग्गामा सिटी सेल्स अफिस बनाएको छ, जसको क्षेत्रफल १० आना ५ पैसा छ । बाँकेकै सोनपुरमा निगमको नाममा ७ कित्तामा ३ रोपनी ७ आना ३ पैसा जग्गा रहेको उल्लेख छ । साथै, बाँकेको मनिकापुर नयाँ एयरपोर्टमा निगमले ६ फ्ल्याटको तीन तले भवन निर्माण गरेको छ । जसको क्षेत्रफल ५ रोपनी १० पैसा ११ आना रहेको छ ।

त्यस्तै, निगमको नाममा मुस्ताङको मार्फा, पोखरा, दाङको तुल्सीपुर, भैरहवा, सुर्खेतको कपकुवा, गोरखाको पालुङटार, संखुवासभाको मनकामना, महेन्द्रनगर, कैलालीको तारानगर, वीरगञ्जको आदर्शनगर, पर्साको छपकैया, जुम्लाको चण्डीनाथ, खोटाङको लामिडाडाँ, हुम्लाको सिमिकोट र बैतडीको पाटनमा पनि जग्गा रहेको छ । तर, ती सबै जग्गाहरूको क्षेत्रफल २ रोपनी भन्दा कम रहेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ३ : ४३ बजे

काठमाडौं क्षेत्र न ५ बाट राप्रपाका कमल थापाले उम्मेदवारी दर्ता गरे

काठमाडौं– काठमाडौं क्षेत्र न ५ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता

कांग्रेस दमक नगर सभापतिले छाडे पार्टी, बालेनलाई सघाउने

दमक– नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईंले पार्टीको पद

गगनविरूद्ध देउवाको रिट न्यायाधीश पोखरेलको इजलासमा, सुनुवाइको पालो मिल्ने सम्भावना कमजोर

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

पोखरामा एक सातादेखि सडकमै थुप्रियो फोहोर (तस्बिरहरू)

काठमाडौं– एक सातादेखि फोहोर नउठ्दा देशकै पर्यटकीय राजधानी पोखराका सडक

सरकारी बेवास्ताले स्वास्थ्य बीमा संकटमा, सेवा बन्द हुँदा बिरामी अलपत्र, निरिह कार्यकारीको राजीनामा

काठमाडौं- सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा पर्दै