वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल « Khabarhub

वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको छ ।

सिंहदरबारमा बुधबार बसेको बैठकमा विधेयकका विभिन्न दफामाथि छलफल भएको हो ।

दफावार छलफलका क्रममा माओवादी केन्द्रका सांसद वर्षमान पुनले वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृतको नियुक्ति प्रक्रिया ठिकै रहेको र पहिलो कार्यकालमा राम्रो नजिता आए दोस्रो कार्यकालका लागि पुन नियुक्त गर्दा सुरुकै प्रक्रिया अपनाउन नपर्ने सुझाव दिए । 

प्रमुख कार्यकारी अधिकृतको पद रिक्त भएको अवस्थामा मन्त्रालयले तोकेको सहसचिवले प्रमुख कार्यकारी अधिकृतको रूपमा कोषको कार्यसम्पादन गर्ने विषयलाई उल्लेख गरिरहनुपर्ने उनले बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्दा मन्त्रीपरिषद्ले तीन मध्ये एक जना एकलाई नियुक्त गर्नेछ भन्ने प्रावधान राख्न सुझाव दिए ।

मुलुकको समृद्धि, दिगो विकास तथा उत्पादकत्व वृद्धिका लागि अत्यावश्यक पूर्वाधार परियोजना कार्यान्वयन गर्न परम्परागत लगानीका अतिरिक्त वैकल्पिक वित्त परिचालन आवश्यक रहेको भन्दै सरकारले उक्त विधेयक ल्याएको हो । 

विधेयकमाथि बिहीबार पनि दफावार छलफल जारी रहने समितिले जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ४ : ०१ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण