वनमन्त्री शाही र एमसीसीका सहायक उपाध्यक्ष विङ्गेलबीच भेट « Khabarhub

वनमन्त्री शाही र एमसीसीका सहायक उपाध्यक्ष विङ्गेलबीच भेट


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग एमसीसीका सहायक उपाध्यक्ष जोन विङ्गलले भेटवार्ता गरेका छन् । मन्त्रायलमा आज भएको भेटवार्तामा मन्त्री शाहीले नेपालको समग्र विकासमा निरन्तर सहयोग गरेकामा अमेरिकी सरकारप्रति आभार व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।

एमसीसी परियोजनाका लागि निरन्तर सहकार्य गरेकामा अमेरिकी सरकारको प्रशंसा गर्दै उनले यस सुरुवातसँगै, उच्च गुणस्तरको प्रसारणलाइन र स्तरोन्नतिसहितका राजमार्ग र नेपालमा कनेक्टिभिटी अभिवृद्धि गर्ने सरकारको प्रयास साकार हुनलागेको उल्लेख गरे।

यस परियोजनाको कार्यान्वयनले द्विपक्षीय सम्बन्ध सुदृढ बनाउनुका साथै एकआपसमा विश्वास थपेको उल्लेख गदै मन्त्री शाहीले प्रसारणलाइन परियोजनाले नेपालको आन्तरिक विद्युत् आपूर्तिलाई मात्र नभई नेपाल र भारतबीच विद्युत् व्यापारलाई पनि सहज बनाएको बताए। उनले नेपालको बिजुलीलाई बाँकी एसियासँग जोड्नेमा विश्वास व्यक्त गरे।

सहायक उपाध्यक्ष विङ्गलले एमसीसी परियोजनाको कार्यान्वयनबारे चासो व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ३ : ५६ बजे

महेश बस्नेतको किल्लामा तीन पत्रकारको उम्मेदवारी

काठमाडौं- आगामी फागुन २१ मा आयोजना हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कुरा मुख्य हो’

स्याङ्जा– नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा स्याङ्जा निर्वाचन

पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख रानाको उम्मेदवारी मनोनयन दर्ता

झापा – पूर्वसभामुख देवराज घिमिरेले झापा निर्वाचन क्षेत्र नं २

सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा चलिरहेको युद्धले गम्भीर मानवीय संकट आउन सक्ने मानव

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन