वनमन्त्री शाही र एमसीसीका सहायक उपाध्यक्ष विङ्गेलबीच भेट « Khabarhub

वनमन्त्री शाही र एमसीसीका सहायक उपाध्यक्ष विङ्गेलबीच भेट


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग एमसीसीका सहायक उपाध्यक्ष जोन विङ्गलले भेटवार्ता गरेका छन् । मन्त्रायलमा आज भएको भेटवार्तामा मन्त्री शाहीले नेपालको समग्र विकासमा निरन्तर सहयोग गरेकामा अमेरिकी सरकारप्रति आभार व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।

एमसीसी परियोजनाका लागि निरन्तर सहकार्य गरेकामा अमेरिकी सरकारको प्रशंसा गर्दै उनले यस सुरुवातसँगै, उच्च गुणस्तरको प्रसारणलाइन र स्तरोन्नतिसहितका राजमार्ग र नेपालमा कनेक्टिभिटी अभिवृद्धि गर्ने सरकारको प्रयास साकार हुनलागेको उल्लेख गरे।

यस परियोजनाको कार्यान्वयनले द्विपक्षीय सम्बन्ध सुदृढ बनाउनुका साथै एकआपसमा विश्वास थपेको उल्लेख गदै मन्त्री शाहीले प्रसारणलाइन परियोजनाले नेपालको आन्तरिक विद्युत् आपूर्तिलाई मात्र नभई नेपाल र भारतबीच विद्युत् व्यापारलाई पनि सहज बनाएको बताए। उनले नेपालको बिजुलीलाई बाँकी एसियासँग जोड्नेमा विश्वास व्यक्त गरे।

सहायक उपाध्यक्ष विङ्गलले एमसीसी परियोजनाको कार्यान्वयनबारे चासो व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ३ : ५६ बजे

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

तनहुँ– लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र

काभ्रे– निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक