चाडपर्वमा चोरी बढ्ने भन्दै सतर्क रहन प्रहरीको आग्रह « Khabarhub

चाडपर्वमा चोरी बढ्ने भन्दै सतर्क रहन प्रहरीको आग्रह


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चाडपर्व सुरु भएसँगै काठमाडौं उपत्यकामा चोरी बढ्ने भन्दै प्रहरीले सतर्क रहन आग्रह गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धानका प्रवक्ता तथा प्रहरी उपरीक्षक काजीकुमार आचार्यले नेपालका चाडपर्व लक्षित गरी सीमापारीबाट महिला तथा बालबालिकाको प्रयोग गरी चोरीमा संलग्न गराइने गिरोह सक्रिय हुने बताए ।

खबरहबसँग कुरा गर्दै उनले भने, ‘साउनको अन्तिम सोमबार पशुपति मन्दिरबाट ३० जना चोर पक्राउ परेका छन् । थुनामा राखेर अनुसन्धान भइरहेको छ । चाडपर्वमा महिलाहरूले सुन तथा चाँदीका महङ्गा गहना लगाएर हिड्ने भएकाले भिडभाडमा बच्चा बोकेका आम महिला चोरीमा संलग्न भएको पाइएको छ । उनीहरु कुनै गिरोहद्धारा परिचालित छन् ।’

नेपालमा तीजबाट चाडपर्व सुरु हुन्छ । यतिबेला आर्थिक चहलपहल बढ्ने हुँदा चोरीका घटना पनि बढ्छन् । प्रहरीले बाहिर हिँड्दा गहना लगाउँदा सतर्कता अपनाउन आग्रह गरेको छ । साथै, चोरहरू घरमा पनि प्रवेश गर्न सक्ने हुँदा सुरक्षा अपनाउन सचेत गरेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ४ : ४० बजे

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

तनहुँ– लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र

काभ्रे– निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक