‘बहुध्रुवीय विश्वमा अवसर तथा जोखिम एकैसाथ आउँछन्’ « Khabarhub

‘बहुध्रुवीय विश्वमा अवसर तथा जोखिम एकैसाथ आउँछन्’


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्र मामिलाका जानकारहरूले बहुध्रुवीय विश्वमा शक्ति विभिन्न केन्द्रहरूमा विभाजित हुने र प्रतिस्पर्धा अझ जटिल बन्नुका साथै अवसर तथा जोखिम एकैसाथ आउने धारणा व्यक्त गरेका छन् ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले बुधबार आयोजना गरेको कार्यक्रममा उहाँहरूले अहिले मानिस तीव्र र गहिरो रूपान्तरणको समयमा बाँचिरहेका उल्लेख गर्दै शक्ति संरचनाका विभिन्न केन्द्रहरूको उदय, आर्थिक परिदृश्यमा हुने परिवर्तन र भूराजनीतिक तथा भू–अर्थिक गतिशीलताले साना वा ठूला सबै राष्ट्रहरूले सञ्चालन गर्नुपर्ने वातावरणलाई पुनः परिभाषित गरिरहेका बताएका हुन् ।

प्रतिष्ठानले अपेक्षा शाहद्वारा लिखित ‘बहुध्रुवीयता व्यवस्थापनमा साना राज्यको क्षमताः नेपालको अध्ययन’लाई प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो । अध्ययनमा दक्षिण एसियाका साना देशहरूले कसरी आफ्नो राष्ट्रियस्तरलाई अगाडि बढाउँदै उदाउँदो बहुध्रुवीयतामा आफ्नो राष्ट्रिय विकास, विदेश नीतिमा आत्मसात् गरिरहेकालगायत विषय समेटिएको छ ।

कार्यक्रममा समूहगत पमा छलफल गर्दै पूर्वसचिव दुर्गाप्रसाद भट्टराई, परराष्ट्रविद् डा लीला न्याइच्याई र राजनीतिक विशलेषक डा चन्द्रदेव भट्टले ‘बहुध्रुवीयता व्यवस्थापनमा साना राज्यका क्षमताः नेपालको अध्ययन’ विषयमा आ–आफ्ना धारणा व्यक्त गरे। उनीहरूले बहुध्रुवीय विश्वमा शक्ति विभिन्न केन्द्रहरूमा विभाजित रहेका र प्रतिस्पर्धा अझ जटिल बनेको उल्लेख गर्दै यसमा अवसर तथा जोखिम एकै साथ आउने बताए । 

त्यस्तै सरकारका पूर्वमुख्यसचिव वैकुण्ठ अर्यालले ‘परिवर्तनशील विश्वव्यापी सन्दर्भमा नेपालको आर्थिक परिदृश्य’ विषयक प्रस्तुति गरेका थिए । प्रतिष्ठानका कार्यकारी निर्देशक प्रकाशकुमार सुवेदीले सहभागीलाई स्वागत गर्दै अध्ययनले नेपालले अहिलेसम्म बहुध्रुवीय विश्वमा कसरी मार्गचित्र तय गरेको छ र भविष्यमा अझ प्रभावकारी रूपमा के गर्न सकिन्छ भन्नेबारे आलोचनात्मक अध्ययन गर्न मद्दत पुर्‍याउने बताएका थिए ।
 

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ४ : ५६ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट