प्रहरीले भन्यो- काठमाडौंमा गत वर्ष १२ हजार ९ सय १५ अपराधका घटना दर्ता | Khabarhub Khabarhub

प्रहरीले भन्यो- काठमाडौंमा गत वर्ष १२ हजार ९ सय १५ अपराधका घटना दर्ता


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रहरी परिसर, काठमाडौंले आर्थिक वर्ष २०८१/८२ मा काठमाडौंमा अपराधका घटनामा वृद्धि भएको जनाएको छ ।

काठमाडौं प्रहरीले बुधबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८०/८१ को तुलनामा २०८१/८२ मा काठमाडौंमा अपराधका घटनामा शून्य दशमलव ३३ प्रतिशतले वृद्धि भएको जनाएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा १२ हजार ९ सय १५ अपराधका घटना दर्ता भएको परिसरले जनाएको छ । धेरै संख्यामा दर्ता भएका उजुरीहरूमा बैकिंङ कसुर पहिलो नम्बरमा रहेको छ भने त्यसपछि क्रमशः अभद्र व्यवहार, चोरी, ठगी, लागूऔषध, आत्महत्या, जबरजस्ती करणी, ज्यान मार्ने उद्योग लगायत रहेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए ।

अपराधका घटना बढ्दै गए पनि जनशक्ति भने अपुग रहेको उनले बताए । काठमाडौंमा कुल दरबन्दी ४ हजार १६ रहेकोमा हाल कार्यरत जनशक्ति ३ हजार २ सय ३३ मात्रै रहेको अधिकारीले जानकारी दिए । उgले जनशक्ति कम हुँदाहुँदै पनि शान्ति सुरक्षामा कुनै कमी हुन नदिने गरी प्रहरी परिचालन गरिएको उल्लेख गरे  ।  

त्यस्तै जिल्ला प्रहरी परिसर, काठमाडौँले विपद्का घटनामा समेत प्रभावकारी ढंगले काम गर्न सफल भएको जनाएको छ । स्थापनाकालमा ४६ वटा सिआरभी भ्यान रहेकोमा हाल ३८ वटा सिआरभी भ्यान सञ्चालनमा रहेको, ६३ वटा क्युआरटी सञ्चालनमा रहेको काठमाडौं परिसरले जानकारी दिएको छ । 

चाडपर्वमा चोरी बढ्ने भन्दै सतर्क रहन प्रहरीको आग्रह

एक वर्षमा काठमाडौँमा २७ सय आगलागीका घटना

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ५ : २७ बजे

आधाभन्दा धेरै कर्मचारीले पोर्चुगलमा सम्पत्ति जोडे : पाकिस्तानी रक्षामन्त्री आशिफ

काठमाडौं– पाकिस्तानका रक्षामन्त्री ख्वाजा आशिफले आफ्नो मुलुकको कर्मचारीतन्त्रको चर्को आलोचना

बाल्यकालमा करिश्माले काखमा लिएपछि वर्षामा जागेको कलाको भोक

काठमाडौं – खोज्ने हो भने काठमाडौंको हरेक घर र कोठामा

काठमाडौं महानगरको नगर शिक्षा समिति बैठक सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको नगर शिक्षा समितिको बैठक २०८२ साउन २८

ताप्लेजुङ गोल्डकप : चर्च ब्वाइज फाइनलमा

फुङ्लिङ– चर्च ब्वाइज क्लब ललितपुर यहाँ जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण