गोली चलाएर लागूऔषध कारोबारी नियन्त्रणमा « Khabarhub

गोली चलाएर लागूऔषध कारोबारी नियन्त्रणमा


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले धनुषाकाे मिथिला नगरपालिका वडा नम्बर–२ मा गोली चलाएको छ । गोली प्रहार गरेर दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक बरूण बहादुर सिंहले जानकारी दिए ।

प्रहरीको गोली लागेर लागूऔषध कारोबारमा संलग्न पप्पु शाह घाइते भएका छन् । उनको दायाँ खुट्टामा गोली लागेको छ । लागु औषध नियन्त्रण ब्युरो, काठमाडौं र इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट खटिएका टिमले २ राउन्ड गोली चलाएको हो । 

प्रहरीले पप्पु र अर्की एक जना महिलालाई पक्राउ गरेको छ । आरोपीहरूको साथबाट करिब २ सय २५ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ५ : ३७ बजे

टिकट खोसिए पनि थेबेलाई समर्थन गर्न ताप्लेजुङ पुगे भट्टराई

काठमाडौं -ताप्लेजुङबाट टिकट नपाएपनि युवा संघका नेता क्षितिज थेबेलाई सघाउन

महेश बस्नेतको किल्लामा तीन पत्रकारको उम्मेदवारी

काठमाडौं- आगामी फागुन २१ मा आयोजना हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कुरा मुख्य हो’

स्याङ्जा– नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा स्याङ्जा निर्वाचन

पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख रानाको उम्मेदवारी मनोनयन दर्ता

झापा – पूर्वसभामुख देवराज घिमिरेले झापा निर्वाचन क्षेत्र नं २

सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा चलिरहेको युद्धले गम्भीर मानवीय संकट आउन सक्ने मानव