अन्धोपनको समस्या महिलामा धेरै, छैन उपचारमा पहुँच  « Khabarhub

अन्धोपनको समस्या महिलामा धेरै, छैन उपचारमा पहुँच 


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्धोपनको समस्या पुरुषको तुलनामा महिलामा बढी देखिए पनि उपचारमा आउने बिरामीको संख्या भने पुरुषहरूको धेरै रहेको पाइएको छ । 

पुरुष प्रधान हाम्रो समाजमा महिला भन्दा पुरुषलाई बढी प्राथमिकतामा राखिने भएकाले उपचारमा पनि भेदभाव भइरहेको सरोकारवालाहरूले बताएका छन् । 

अन्धोपनको समस्या पुरुषहरूको तुलनामा महिलाहरूमा बढी देखिने कुरा विभिन्न अध्यायनहरुले पुष्टि गरे पनि केन्द्रका ठुला अस्पतालमा उपचारका लागि आउने आँखाको बिरामीहरूमा पुरुष धेरै रहेको पाइएको तिलगंगा आँखा प्रतिष्ठान केन्द्र सिइओ डा. रिता गुरुङले बताइन् । 

महिला पत्रकारहरूलाई आँखा स्वास्थ्यप्रति सजग बनाउने उद्देश्यले तिलगंगा आँखा प्रतिष्ठान केन्द्रले आयोजना गरेको दृष्टि जाँच तथा सचेतना कार्यक्रममा बोल्दै सिइओ गुरुङले यस्तो बताएकी हुन् । 

उनका अनुसार जैविक कारणले नै महिलाहरूमा अन्धोपनको समस्या धेरै हुने र त्यसैमाथि घरायसी काम लगायतका कारणले पनि महिलाको संख्या बढिरहेको छ । 

त्यस्तै पत्रकारिता जस्तो क्षेत्रमा कार्यरत महिलाहरू डिजिटल स्क्रिनको अत्यधिक प्रयोग र वातावरणीय जोखिमको चपेटामा पर्न सक्ने भएकाले नियमित आँखा परीक्षण गराएर दीर्घकालीन दृष्टि समस्याबाट बच्न सकिने उल्लेख गरिन् । 

ब्लाइडनेस प्रोजेक्ट तथा आइवार्ट नेपालको सहकार्यमा तिलगंगा आँखा प्रतिष्ठान केन्द्रले आयोजना गरेको कार्यक्रमलाई डा. सिर्जना अधिकारी र पुनम भण्डारीले सहजीकरण गरेका थिए । कार्यक्रममा विभिन्न सञ्चारमाध्यमलाई प्रतिनिधित्व गर्दै महिला पत्रकारहरूले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ६ : १३ बजे

विश्वकप २०२६ फाइनल: पहिलो हाफ गोलरहित, स्पेनको दबाब, अर्जेन्टिनालाई मार्टिनेजको चोट

न्यु जर्सी– फिफा विश्वकप २०२६ को फाइनलमा स्पेन र अर्जेन्टिनाबीचको

पहिलो हाफमा अर्जेन्टिना र स्पेन गोलरहित बराबरीमा

काठमाडौं – फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनल खेलको पहिलो

नेपाली शिक्षा परिषद्‌बाट दुई पुरस्कारको घोषणा

काठमाडौं । नेपाली शिक्षा परिषद्ले यस वर्षको ‘गोपाल पाँडे असीम

१ हजार २५० मेट्रिक टन डीएपी मल नेपाल आउँदै

काठमाडौँ । नेपालमा भोलि (साउन ४ गते) १ हजार २५०

महाशाखाले भन्यो : यी क्षेत्रमा थप वर्षा, सतर्कता अपनाउनू

काठमाडौँ । हाल कोसी र बागमती प्रदेशका केही स्थान, लुम्बिनी,