अन्धोपनको समस्या महिलामा धेरै, छैन उपचारमा पहुँच  « Khabarhub

अन्धोपनको समस्या महिलामा धेरै, छैन उपचारमा पहुँच 


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्धोपनको समस्या पुरुषको तुलनामा महिलामा बढी देखिए पनि उपचारमा आउने बिरामीको संख्या भने पुरुषहरूको धेरै रहेको पाइएको छ । 

पुरुष प्रधान हाम्रो समाजमा महिला भन्दा पुरुषलाई बढी प्राथमिकतामा राखिने भएकाले उपचारमा पनि भेदभाव भइरहेको सरोकारवालाहरूले बताएका छन् । 

अन्धोपनको समस्या पुरुषहरूको तुलनामा महिलाहरूमा बढी देखिने कुरा विभिन्न अध्यायनहरुले पुष्टि गरे पनि केन्द्रका ठुला अस्पतालमा उपचारका लागि आउने आँखाको बिरामीहरूमा पुरुष धेरै रहेको पाइएको तिलगंगा आँखा प्रतिष्ठान केन्द्र सिइओ डा. रिता गुरुङले बताइन् । 

महिला पत्रकारहरूलाई आँखा स्वास्थ्यप्रति सजग बनाउने उद्देश्यले तिलगंगा आँखा प्रतिष्ठान केन्द्रले आयोजना गरेको दृष्टि जाँच तथा सचेतना कार्यक्रममा बोल्दै सिइओ गुरुङले यस्तो बताएकी हुन् । 

उनका अनुसार जैविक कारणले नै महिलाहरूमा अन्धोपनको समस्या धेरै हुने र त्यसैमाथि घरायसी काम लगायतका कारणले पनि महिलाको संख्या बढिरहेको छ । 

त्यस्तै पत्रकारिता जस्तो क्षेत्रमा कार्यरत महिलाहरू डिजिटल स्क्रिनको अत्यधिक प्रयोग र वातावरणीय जोखिमको चपेटामा पर्न सक्ने भएकाले नियमित आँखा परीक्षण गराएर दीर्घकालीन दृष्टि समस्याबाट बच्न सकिने उल्लेख गरिन् । 

ब्लाइडनेस प्रोजेक्ट तथा आइवार्ट नेपालको सहकार्यमा तिलगंगा आँखा प्रतिष्ठान केन्द्रले आयोजना गरेको कार्यक्रमलाई डा. सिर्जना अधिकारी र पुनम भण्डारीले सहजीकरण गरेका थिए । कार्यक्रममा विभिन्न सञ्चारमाध्यमलाई प्रतिनिधित्व गर्दै महिला पत्रकारहरूले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ६ : १३ बजे

निर्वाचनका निम्ति शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध

काठमाठौं– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनका निम्ति शान्ति सुरक्षा कायम गर्न

यी हुन् काठमाडौंका १० क्षेत्रमा कांग्रेसले टुङ्ग्याएका उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसले काठमाडौंमा उम्मेदवार टुङ्ग्याएको छ।  मंगलबार काठमाडौंका दस

नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकममा

एमाले रुकुम पूर्वका पूर्व अध्यक्ष सहितका जिल्ला नेताहरू नेकपामा गरे प्रवेश

काठमाडौं– नेकपा (एमाले) रुकुम जिल्लाका पूर्व अध्यक्ष टोपबहादुर ओली सहितका

नारायणकाजीले गराए सर्लाही-३ बाट उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता नारायणकाजी श्रेष्ठले सर्लाही क्षेत्र नं