गाजामा नयाँ आक्रमणका लागि योजना स्वीकृतः इजरायली सेना « Khabarhub

गाजामा नयाँ आक्रमणका लागि योजना स्वीकृतः इजरायली सेना


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ- इजरायली सेनाले गाजा पट्टीमा नयाँ आक्रमणका लागि ‘योजना’ स्वीकृत गरेको बुधबार जनाएको छ ।

सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जमिरले गाजा पट्टीमा इजरायली सुरक्षा बल आईडीएफको परिचालन योजनाको मुख्य ढाँचालाई अनुमोदन गरेको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

इजरायली सरकारले इजरायली सेना यस क्षेत्रको सबैभन्दा ठूलो शहरमा कहिले प्रवेश गर्नेछ भन्नेबारे विज्ञप्तिमा कुनै निश्चित समयतालिका उपलब्ध गराएको छैन ।

गाजाको नागरिक सुरक्षा निकायले हालैका दिनहरूमा गाजा शहरमा इजरायली हवाई आक्रमण तीव्र भएको तथा जेइटुन र साबरामा ‘नागरिकहरूको घर र अग्ला भवनहरूसहित आवासीय क्षेत्रहरूमा धेरै भारी हवाई आक्रमण’ भएको बताएको छ ।

हमासले इजिप्टका अधिकारीहरूसँग अस्थायी युद्धविरामका लागि ‘प्रारम्भिक वार्ता’ का लागि एक वरिष्ठ प्रतिनिधिमण्डल कायरो आइपुगेको बताएको केही घण्टापछि सेनाले उक्त योजनालाई अनुमोदन गरेको खबर आएको हो ।

नेतन्याहू सरकारले २२ महिनाभन्दा बढीको लडाईपछि गाजा युद्धलाई विस्तार गर्ने योजनाले अन्तर्राष्ट्रिय आक्रोशका साथै आन्तरिक विरोध पनि निम्त्याएको छ ।

संयुक्त राष्ट्रसङ्घ समर्थित विज्ञहरूले यस क्षेत्रमा खाद्यान्नको व्यापक अभाव सिर्जना भएको पनि बताएका छन्, जहाँ इजरायलले मानवीय सहायताको रकममा भारी कटौती गरेको छ।

सन् २०२३ को अक्टोबरमा हमासले गरेको आक्रमणमा परी एक हजार २१९ जनाको मृत्यु भएपछि इजरायलले प्यलेष्टिनी क्षेत्रमा हमास र अन्य आतङ्कवादी समूहलाई लक्षित गरी आक्रमण गरेको हो ।

संयुक्त राष्ट्रसङ्घले भरपर्दो मानेको हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायलको आक्रमणमा कम्तीमा ६१ हजार ५९९ प्यालेस्टिनीको मृत्यु भएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ६ : ५८ बजे

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक