टेबलटेनिसको ‘स्ट्याग ग्लोबल च्याम्पियन्स लिग’ आगामी भदौमा | Khabarhub Khabarhub

टेबलटेनिसको ‘स्ट्याग ग्लोबल च्याम्पियन्स लिग’ आगामी भदौमा


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली टेबलटेनिसकै सर्वाधिक पुरस्कार राशि भएको स्ट्याग ग्लोबल च्याम्पियन्स लिगको सिजन–३ आगामी भदौको पहिलो साता हुने भएको छ ।

अखिल नेपाल टेबलटेनिस सङ्घको तत्वावधान र स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा आगामी भदौ १ देखि ६ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने जनाइएको छ । विभिन्न चार राष्ट्रका खेलाडी सहभागी हुने उक्त लिगमा विदेशी खेलाडीलाई अनुबन्ध गरी नेपाली क्लबहरूले प्रतिस्पर्धा गर्दै आएका छन् ।

स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको आयोजनामा २०८० सालदेखि यो प्रतियोगिता निरन्तर हुँदै आएको छ ।

प्रतियोगितामा याला टेबलटेनिस, होप्स टेबलटेनिस एकेडेमी, एभिएम टेबलटेनिस क्लब, द ड्रागन क्लब, कीर्तिपुर नगरपालिका, भोर्टेक्स नेपाल, ओल्र्ड हाउस रेस्ट्रो, टप स्पिन टेबलटेनिस गुड्स नेपाल, खोल्छा पुखु खेलकुद समिति गरी कूल १० क्लबहरू सहभागी हुने आयोजकले जनाएको छ । 

 पछिल्ला संस्करणमा आठ टोलीले प्रतिस्पर्धा गरे पनि यसपल्ट टोलीको सहभागिता बढाइएको छ । एकेडेमीकी प्रबन्ध निर्देश नविता श्रेष्ठले डिजिटल लाइटका साथै खेल स्थललाई आकर्षक बनाइने बताए। 

उनले चीन, भारत, पाकिस्तान र ताइवानका खेलाडीले विभिन्न क्लबमा आबद्ध रहेर प्रतिस्पर्धा गर्ने बताए। हरेक टोलीमा एक महिला र पुरुष विदेशी खेलाडी रहनेछन् । 

लिग विजेताले तीन लाखसहित रनिङ ट्रफी तथा उपविजेताले एक लाख ५० हजार प्राप्त गर्नेछन् । तेस्रो हुने दुई टोलीले जनही ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको पहिलो संस्करणको उपाधि एभिएम र दोस्रो संस्करणमा नेपाल पुलिस क्लब च्याम्पियन भएका थिए । यसपल्ट भने प्रहरी सहभागी छैन ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ७ : ०१ बजे

विपिन जोशीका आमा र बहिनी स्वदेश फर्किए

काठमाडौं – हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि अमेरिका

निर्वाचनको तयारी : राजनीतिक दलसँग छलफल गर्दै आयोग

काठमाडौं – निर्वाचन आयोगले बिहीबार राजनीतिक दलसँग छलफल गर्दैछ । सरकारले

सिँचाइका रुग्ण ठेक्का तोड्न सुरु : बबई आयोजनाका ६ वटा ठेक्का तोडिंदै

काठमाडौं – ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र

अधिकारीलाई ‘वेस्ट प्रिन्सिपल अवार्ड २०२५’

लन्डन – डा. रमेश अधिकारी ‘वेस्ट प्रिन्सिपल अवार्ड २०२५’बाट सम्मानित

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन

काठमाडौं – नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक जारी छ। बिहीबार