लम्पि स्किनविरुद्धको खोप अभियान सञ्चालन गरिने « Khabarhub

लम्पि स्किनविरुद्धको खोप अभियान सञ्चालन गरिने


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लामा पशुचौपायामा देखिएको लम्पि स्किनरोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने भएको छ । आगामी भदौ १ देखि साताव्यापी खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
 
बागमती प्रदेश सरकारको सहयोगमा खोप अभियान सञ्चालन गर्न लागिएको पशुसेवा कार्यालयले जनाएको छ । कार्यालयकी सूचना अधिकारी डा सविना मिश्रका अनुसार प्रदेश सरकारबाट प्राप्त खोप सातै स्थानीय तहमा वितरण गरी पशुलाई लगाइने छ । प्रदेश सरकारले १३ जिल्लामा अभियानको रूपमा लम्पि स्किनविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको जनाइएको छ ।

जिल्लामा दुई हजार डोज खोप बाँकी छ । अभियानका लागि थप १० हजार डोज खोप प्रदेशबाट आउँदै छ । 

उनले भने ‘अहिले १२ हजार डोज खोप लगाउँदै छौँ ।’ सातै स्थानीय तहमा गाईभैँसीमा यो खोप लगाइने छ । रोग लागिसकेका, गोठमा रोग देखिएका पशुलाई खोप नलगाइने उनले जानकारी दिए । स्थानीय तहमा खोपकर्ता नियुक्त गरी पठाउने तयारी गरिएको छ । 
 
जिल्लामा हालसम्म ६१ हजार ७९९ पशुमा लम्पि स्किनविरुद्ध खोप लगाइ सकिएको छ । भरतपुर महानगरपालिकामा १४ हजार ८९६, खैरहनी नगरपालिकामा आठ हजार २००, राप्ती नगरपालिकामा १४ हजार ५००, रत्ननगरमा आठ हजार ६०० पशुमा खोप लगाइएको छ ।

माडी नगरपालिकामा दुई हजार ८००, कालिका नगरपालिकामा नौ हजार ९७८, इच्छाकामना गाउँपालिकामा दुई हजार ८२५ पशु चौपायमा लम्पि स्किनविरुद्धको खोप लगाइसकिएको छ । उनका अनुसार जिल्लामा हालसम्म एक हजार ११६ गाईभैँसीमा यो रोग देखिएको छ । कार्यालयका तथ्याङ्क अनुसार हालसम्म ४५ गाईगोरु लम्पि स्किनका कारण मरिसकेका छन् ।
 
गर्मीयाममा लामखुट्टे, झिङ्गालगायतका कारण यो रोगको प्रकोप देखिने गरेको मिश्रले जानकारी दिए। गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोड सुक्नेजस्ता लक्षण देखा पर्दछन् ।
 
सङ्क्रमित गाईबस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ । यो रोग लाग्न नदिन खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिङ्गा, लामखुट्टे तथा अन्य कीराबाटमुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकताअनुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने उनले बताए।
 

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ७ : ३७ बजे

टिकट खोसिए पनि थेबेलाई समर्थन गर्न ताप्लेजुङ पुगे भट्टराई

काठमाडौं -ताप्लेजुङबाट टिकट नपाएपनि युवा संघका नेता क्षितिज थेबेलाई सघाउन

महेश बस्नेतको किल्लामा तीन पत्रकारको उम्मेदवारी

काठमाडौं- आगामी फागुन २१ मा आयोजना हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कुरा मुख्य हो’

स्याङ्जा– नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा स्याङ्जा निर्वाचन

पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख रानाको उम्मेदवारी मनोनयन दर्ता

झापा – पूर्वसभामुख देवराज घिमिरेले झापा निर्वाचन क्षेत्र नं २

सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा चलिरहेको युद्धले गम्भीर मानवीय संकट आउन सक्ने मानव