उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ « Khabarhub

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले त्रुटिपूर्ण रहेको संविधान संशोधन गरी पुनर्लेखन गर्नुपर्ने बताएका छन् ।

सप्तरीको राजविराजमा आज आयोजित नवनिर्वाचित जिल्ला कमिटीको शपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रममा उनले १० वर्ष अगाडि नेपालको संविधान संशोधन गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुपर्ने बताए ।

उनले संविधानमा अहिले पनि मधेसी, थारु, मुश्लिम, दलित, आदिवासी, जनजाति, सीमान्तकृत समुदायलगायत कतिपय समस्या सम्बोधन हुन बाँकी रहेको चर्चा गर्दै समस्यालाई सच्च्याएर अघि बढ्न संविधान संशोधन नै आवश्यक रहेको बताए।

भ्रष्टाचार नियन्त्रण, सुशासन र जनताको विश्वास प्राप्त गर्न बलियो सरकारको आवश्यकता रहेको जिकिर गर्दै अध्यक्ष यादवले प्रदेशको अधिकारविहीन र कानुनविहीन बनाइएको आरोप लगाए ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  १० : २० बजे

राजेन्द्र महतोले दर्ता गराए उम्मेदवारी

काठमाडौं- राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र माहतोले उम्मेदवारी दर्ता

टिकट खोसिए पनि थेबेलाई समर्थन गर्न ताप्लेजुङ पुगे भट्टराई

काठमाडौं -ताप्लेजुङबाट टिकट नपाएपनि युवा संघका नेता क्षितिज थेबेलाई सघाउन

महेश बस्नेतको किल्लामा तीन पत्रकारको उम्मेदवारी

काठमाडौं- आगामी फागुन २१ मा आयोजना हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कुरा मुख्य हो’

स्याङ्जा– नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा स्याङ्जा निर्वाचन

पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख रानाको उम्मेदवारी मनोनयन दर्ता

झापा – पूर्वसभामुख देवराज घिमिरेले झापा निर्वाचन क्षेत्र नं २