प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने « Khabarhub

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका छन्।

प्रधानमन्त्री कार्कीले पदभार सम्हालेपछि पहिलो मन्त्रिपरिषद् बैठकमै संसद् विघटनको प्रस्ताव पेस गरेकी थिइन्। सोही सिफारिसलाई अनुमोदन गर्दै राष्ट्रपति पौडेलले फागुन २१ गतेका लागि आम निर्वाचन मिति तोकेका छन्।

जेन–जी आन्दोलनको दबाबपछि सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको हो। नियुक्तिपछि उनले तत्कालै राजनीतिक स्थायित्वका लागि नयाँ जनादेश आवश्यक भएको ठहर गर्दै संसद् विघटन गर्ने निर्णय लिएकी हुन्। यस निर्णयसँगै अब देश फागुन २१ गते हुने निर्वाचनतर्फ अघि बढ्ने भएको छ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  १२ : ०३ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले