सुमनाले भनिन्‌, ‘म मन्त्री हुन लागेको होइन’ « Khabarhub

सुमनाले भनिन्‌, ‘म मन्त्री हुन लागेको होइन’


२८ भदौ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सपथ ग्रहण समारोहमा सहभागी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठबारे अनेक अफवाह फैलिएको छ ।

सामाजिक सञ्जालमा सुमना रास्वपा छाडेर नवगठित मन्त्रिपरिषद् सदस्य हुन लागेको अनुमान गर्नेहरू छ्यापछ्याप्ती छन्‌ ।

तर, आफू मन्त्री बन्न लागेको समाचार झुटो भएको सुमनाले बताएकी छन् । फेसबुक लाइभमा उनले शनिबार भनेकी छन्, ‘भ्रममा कोही पनि नपरिदिनुहोला, म क्याबिनेटमा जान लागेको छैन ।’

सुमनाले जेन–जी पुस्ताको आन्दोलनलाई सफल बनाउने सबैले सहयोग गर्नुपर्नेमा पनि जोड दिएकी छन् । आफूजस्तै अवसर पाएर काम गरिरहेका व्यक्तिहरू अब ‘ब्याक सिट’मा बसेर सरकारलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

‘साथीहरू मैले के भन्न चाँहे भने हाम्रा यति कलिला भाइबहिनीहरूको दाहसंस्कार सकिएको छैन, उहाँहरूको बलिदानबाट आएको यो परिवर्तनमा मजस्तो अवसर पाएर काम पाएको मान्छेहरू मन्त्री बन्ने सपना नराखौँ भन्न चाहन्छु,’ सुमनाले भनेकी छन् ।

प्रकाशित मिति : २८ भदौ २०८२, शनिबार  ११ : ३१ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद