दलाई लामाले दिए सुशीला कार्कीलाई बधाई « Khabarhub

दलाई लामाले दिए सुशीला कार्कीलाई बधाई


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिब्बतका धर्मगुरु दलाई लामाले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन् । दलाई लामाले कार्कीलाई पत्र लेख्दै बधाई दिएको उनको आधिकारिक वेबसाइटले उल्लेख गरेको छ ।

‘तपाईँलाई थाहै छ, नेपाली र तिब्बती जनताबीच इतिहासदेखि नै निकट सम्बन्ध छ ।’ उनले लेखेका छन्, ‘सन् १९५९ पछि जबरजस्ती निष्कासित गरिएपछि तिब्बती समुदायलाई शरण र पुनस्र्थापना गर्नका लागि नेपाल सरकार र जनताप्रति म कृतज्ञ छु ।’

‘पक्कै पनि तिब्बती समुदाय तुलनात्मक हिसाबमा सानो छ, मेरो विश्वासमा यसले नेपालको आर्थिक वृद्धिमा उल्लेख्य योगदान दिइरहेको छ ।’ दलाई लामाले लेखेका छन् ।

पछिल्ला वर्षहरुमा नेपालमा जीवनका धेरै आयाममा विकास र समृद्धि बढिरहेको भन्दै गरिब र विपन्न जनताको जीवन सुधार गर्न सके यी उपलब्धिहरु अझ धेरै अर्थपूर्ण हुने उल्लेख गरेका छन् ।

उनले यस चुनौतिपूर्ण समयमा नेपाली जनताको आशा र महत्वकाङ्क्षा पूरा गर्ने सफलता मिलोस् भन्ने कामना पनि गरेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ५ : २५ बजे

कन्सर्टका लागि भारतीय गायक नवजोत काठमाडौंमा

काठमाडौं – चर्चित भारतीय गायक नवजोत आहुजा कन्सर्टका लागि काठमाडौं

रास्वपा बैठकमा उठ्यो प्रश्न- ग्यासको आपूर्ति बढाउँदा पनि किन अभाव देखियो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीं(रास्वपा)का सांसदहरुले वैशाख महिनामा बजारमा करिब २२ लाख

अझै सुरु भएन प्रतिनिधिसभा बैठक

काठमाडौं– प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारित बैठक अझै

कोशीमा सत्तासहकार्य टुटेपछि कांग्रेसले समर्थन फिर्ता लियो

विराटनगर- कोशी प्रदेशमा सत्तासमीकरण फेरिएसँगै नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन

भन्सार छली गरी ल्याएको सुनसहित एकजना पक्राउ

कैलाली– धनगढी उपमहानगरपालिका-१ बाट भन्सार छली गरी ल्याएको ८१ ग्राम ८